२०८२, ९ चैत्र मंगलबार

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा, छानविन समितिका तीन सदस्यद्धारा रानीनामा

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा, छानविन समितिका तीन सदस्यद्धारा रानीनामा


काभ्रे: काभ्रेको नमोबुद्ध नगरपालिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । राजस्व हिनामिनाको समाचार सार्वजनिक भएपछि अख्तियारको टोलीले आज छापा मारेको हो । तर नगरपालिकाले भने राय माग्न मात्रै अख्तियारको टोली आएको बताएको छ । अख्तियारको टोलीले कागपत्र नियन्त्रणमा लिएको उच्च स्रोतले बतायो ।

नगरपालिकाले राजस्व हिनामिना गरेको अभियोगमा ८ जना कर्मचारी माथि छानविन गर्न समिति समेत गठन गरेको छ । भुकम्पप्रभावितलाई नदीजन्य सामग्रीमा छुट दिने नाममा राजस्व अतियमितता भएको पाइएको हो । नगरपालिकाले पनि भूकम्पप्रभावितलाई छुट दिइएको स्वीकार गरेको छ ।

यसैबीच छानविन समितिका तीन जना सदस्यले सामुहिक राजीनामा दिएका छन् । समिति सदस्य सञ्जीव ढकाल, धर्म सिं लामा र राजीव श्रेष्ठले विज्ञाप्ति निकालेर राजीनामा दिएको बताएका हुन् । नगरपालिकाले माघ १५ गते छानविन समिति गठन गरेको थियो । छानविन समितिका सदस्य माथि नै प्रश्न उठेपछि नैतिक रुपमा राजीनामा दिएको उनीहरुले बताएका छन् ।

नगरकार्यपालिकाले लेखा समितिका संयोजक समेत रहेका वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण उपाध्यायको अध्यक्षतामा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिका सदस्यमा वडा नम्बर ६ का अध्यक्ष कुलप्रसाद न्यौपाने, वडा नम्बर २ का अध्यक्ष ढकाल, वडा नम्बर ७ का अध्यक्ष लामा र सदस्य सचिवमा कम्प्युटर अपरेटर श्रेष्ठ हुनुहुन्छ ।

प्रकाशित मिति : २०७६, २४ माघ शुक्रबार  ५ : ०४ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार