२०८२, १२ फाल्गुन मंगलबार

रोशी गाउँपालिकाको सबै वडा कार्यालयको नयाँ भवन बन्ने

रोशी गाउँपालिकाको सबै वडा कार्यालयको नयाँ भवन बन्ने


धुलिखेल, २२ माघः काभ्रेको रोशी गाउँपालिकाका सबै वडाको नयाँ भवन चालु आर्थिक वर्षभित्रै बन्ने भएको छ । अहिले नयाँ वडा भवनको शिलान्यास धमाधम भइरहेको छ । बुधबार पालिकाका अध्यक्ष डिबी लामाले वडा नम्बर १० को वाल्टीङमा बन्ने नयाँ भवनको शिलान्यास गरे । यो भवन २२ लाख लागतमा निर्माण हुने पालिकाको योजना शाखा प्रमुख राम लामाले जानकारी दिए । उनका अनुसार साढे दुई तल्ले भवन १० कोठाको बन्ने छ । यो भवन निर्माणका लागि स्थानीय शिक्षक भक्तप्रसाद मैनालीले ४ आना जग्गा दान गरेका हुन् ।

वडा ६ मा साढे दुई तल्ले नयाँ आरसीसी भवन निर्माण भइसकेको छ । २५ लाख लागतमा निर्माण भवन सञ्चालनमा भने आउन बाँकी छ । रोशी गाउँपालिकामा १२ ओटा रहेका छन् । अन्य वडामा पनि ठेक्काको प्रक्रिया अघि बढिसकेको योजना शाखा प्रमुख राम लामाले जानकारी दिए । पालिकाभित्र बन्ने सबै वडाका नयाँ भवनमा जिल्ला समन्वय समितिको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत अनुदान बापतको रकम खर्च हुनेछ ।

सबैभन्दा कम वडा नम्बर १ को भवनमा १८ लाखको विनियोजन गरिएको छ । २, ४, ५, ७ , ८, ९ र १२ नम्बर ३१/३१ लाख रुपैयाँमा नयाँ भवन बन्ने योजना शाखा प्रमुख लामाले जानकारी दिए । ‘प्रायः वडाको ठेक्का सम्झौता पनि भइसकेका छन्, शाखा प्रमुख लामाले भने ‘यसै आर्थिक वर्षभित्र सबै वडा कार्यालयहरुले नयाँ भवनबाट सेवा प्रवाह गर्ने गरी काम भइरहेको छ ।’

प्रकाशित मिति : २०७६, २२ माघ बुधबार  ८ : ११ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले