२०८३, १९ श्रावण बुधबार

पाँचखाल नगरपालिकाको एक वडा, एक पोखरी बनाउने योजना नीति तथा कार्यक्रममै सीमित

पाँचखाल नगरपालिकाको एक वडा, एक पोखरी बनाउने योजना नीति तथा कार्यक्रममै सीमित


काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आर्थिक वर्ष ७५/७६ को नीति तथा कार्यक्रममा एक वडा, एक पोखरी बनाउने घोषणा गरेका थिए । तर आर्थिक ७६/७७ को ७ महिना सकिन लाग्दा समेत नगरपालिकाले बजेट विनियोजन गरेर पोखरी खनेको छैन ।

नगरप्रमुख खरेलले वातावरण तथा विपद् ब्यवस्थापन शीर्षकको पहिलो नम्बरमै पोखरी निर्माण गर्न बजेट ब्यवस्था गरिने उल्लेख छ । उपप्रमुखको बजेट वक्तब्य मार्फत पनि वन वातावरण तथा विपद् ब्यवस्थापनमा ७७ लाख ७५ हजार अर्थात कुल बजेटको ३ दशमलब २७ प्रतिशत रकम विनियोजन गरिएको छ । तर त्यो रकम पोखरी बनाउनका लागि नभएको नगरपालिकाका प्रवक्ता सञ्जय तामाङले बताए । प्रवक्ता तामाङका अनुसार सिप्रेड नामक गैरसरकारी संस्थाले पोखरी निर्माण गर्ने ठाउँको सबै वडामा सर्बे भने गतवर्ष नै सकाइसकेको छ । ‘नीति तथा कार्यक्रममा आर्थिक वर्ष ७५/७६ भित्रै सबै वडामा एक/एक ओटा पोखरी निर्माण गर्ने योजना सार्वजनिक गरिएको हो, निर्माणका लागि बजेट भने विनियोजन गरिन, प्रवक्ता तामाङले भने ‘तर सबै वडामा निर्माण हुने पोखरीको सर्बेक्षण भने भइसकेको छ, यो वर्षबाट निर्माण सुरु हुन्छ ।’

वडा नम्बर २ का वडाध्यक्ष हरिराम खतिवडाले पनि अहिलेसम्म पोखरी खन्नका लागि बजेट नआएको बताए । उनले वडाबाटै बजेट विनियोजन गरेर पोखरी निर्माण गरिएको तर नगरपालिकाबाट पोखरी निर्माण शीर्षकमा रकम नआएको बताए । ‘वडाकै बजेटबाट एक ओटा नयाँ निर्माण गरियो, ३ वटा पुरानो खोपरी मर्मत गरिएको छ, उनले भने ‘तर नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार काम भएको छैन् ।’

प्रमुख खरेलले नीति तथा कार्यक्रममा चार वर्षभित्र एक सय आठ पोखरीको निर्माण सम्पन्न गर्ने उल्लेख गर्नुभएको छ । पाँचखालमा पानीको मुल दिनप्रति दिन सुक्दै जादाँ स्थानीय चिन्तित छन् । झिगु खोलामा पोखरी बनाएर सिँचाई गर्ने किसानको लस्किर छ तर झिगु खोलामा बग्ने पानीको स्रोत जोगाउन भने नगरपालिकाले कुनै ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

साविकका पोखरीको ठाउँमा कतै खेल मैदान, कतै विद्यालय त कतै मन्दिर बनेका छन् । धेरै वडामा पोखरी निर्माणका लागि जग्गा समेत अभाव भएको पाइएको छ । जमिनमा ओसिलो पनको मात्रा नभएपछि मुल पनि सुक्छ । जमिनमा पानी रिजार्च गर्ने उद्देश्यले मेयर खरेलले नीति तथा कार्यक्रममा ब्यवस्था गरे । तर ब्यवहारमा उतार्न सकेनन । जसका कारण पिउनु पानी समेत किन्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : २०७६, २२ माघ बुधबार  ६ : २७ बजे

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा