२०८२, २५ पुस शुक्रबार

फूलमानको ‘नीरफूल’ को फस्ट लुक सार्वजनिक (फोटो फिचर)

फूलमानको ‘नीरफूल’ को फस्ट लुक सार्वजनिक (फोटो फिचर)


काठमाडौं, २२ माघः संचारकर्मी फूलमान बलले निर्देशन गरेको फिल्म ‘नीरफूल’ को पोस्टरमार्फत फस्ट लुक सार्वजनिक गरिएको छ ।आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको चारवटा पोस्टर रिलिज गरिएको हो । फिल्म भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित रहेको निर्देशक बलले बताए ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन् । पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन स्थापित गरिएको छ । रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ भने कम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भुमिकामा रहेको बताइएपनि पोस्टरमा भने उनी समेटिएकी छैनन् ।

फिल्म मार्फत निर्देशक बलले धादिङ स्थित रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेका छन् । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति पनि फिल्ममा समेटिएको निर्देशक बलले दाबी गरे ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक बल स्वयंले लेखेका हुन् । फिल्ममा सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक बलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।

निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ गरेका छन् । वितरकमा भने गोविन्द शाही र मनोज राठी रहेका छन् ।

प्रकाशित मिति : २०७६, २२ माघ बुधबार  ४ : ०१ बजे

कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वलाई संवादको अपिल

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले पार्टीभित्र

भेनेजुएला घटना विश्व शक्ति संघर्ष, दोस्रो विश्वयुद्धअघिको अवस्थातर्फ धकेलिँदै विश्व व्यवस्था : एमाले

काठमाडौं । नेकपा एमालेले भेनेजुएलासम्बन्धी पछिल्ला घटनाक्रमले विश्व राजनीति गहिरो

सिन्धुलीमा १७ सय निर्वाचन प्रहरीको भर्ना खोलियो

सिन्धुली । आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा

प्रचण्डको सर्वसत्तावाद र विर्सजनवादको विरुद्ध कडा पत्र लेख्दै रहबरले पार्टी छाडे

काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी