२०८२, ९ चैत्र मंगलबार

काभ्रेको शंखुमा सडक शिलान्यास, ६ सय मिटर पिच हुने

काभ्रेको शंखुमा सडक शिलान्यास, ६ सय मिटर पिच हुने


धुलिखेल, ११ माघः काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुमा सडक शिलान्यास गरिएको छ । ग्वार्को–लाकुरीभञ्ज्याङ–पनौती–दाहालटार–शंखु–एक्लेखेत–पिपलटार–चौकीडाँडा सडकको शंखु खण्डमा निर्माण हुन लागेको सडक प्रदेश सांसद चन्द्र लामा र धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले शनिबार शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको ३ करोड आर्थिक सहयोगमा सडक निर्माण हुनेछ । दाहालटार देखि एक्लेखेतसम्म ६ सय मिटर सडक पिच हुनेछ । सडक ११ मिटर चौडाईको बन्नेछ । ठेकेदार मार्फत निर्माण हुने सडक यसै आर्थिक वर्षभित्र पुरा हुने धुलिखेल नगरपालिकाका भूमि ब्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमाँगाईले जानकारी दिए ।

ग्वार्को–चौकीडाँडा सडकलाई सरकारले राष्ट्रिय राजमार्गको रुपमा घोषणा गरेको छ । सडकको ठेक्का डिभिजन सडक कार्यालय भक्तपुर मार्फत भएको हो । सडकको रेखदेख पनि डिभिजन सडक कार्यालयले नै गर्ने छ ।

प्रकाशित मिति : २०७६, ११ माघ शनिबार  ६ : ०९ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार