२०८२, २५ कार्तिक मंगलबार

काभ्रेको शंखुमा सडक शिलान्यास, ६ सय मिटर पिच हुने

काभ्रेको शंखुमा सडक शिलान्यास, ६ सय मिटर पिच हुने


धुलिखेल, ११ माघः काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुमा सडक शिलान्यास गरिएको छ । ग्वार्को–लाकुरीभञ्ज्याङ–पनौती–दाहालटार–शंखु–एक्लेखेत–पिपलटार–चौकीडाँडा सडकको शंखु खण्डमा निर्माण हुन लागेको सडक प्रदेश सांसद चन्द्र लामा र धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले शनिबार शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको ३ करोड आर्थिक सहयोगमा सडक निर्माण हुनेछ । दाहालटार देखि एक्लेखेतसम्म ६ सय मिटर सडक पिच हुनेछ । सडक ११ मिटर चौडाईको बन्नेछ । ठेकेदार मार्फत निर्माण हुने सडक यसै आर्थिक वर्षभित्र पुरा हुने धुलिखेल नगरपालिकाका भूमि ब्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमाँगाईले जानकारी दिए ।

ग्वार्को–चौकीडाँडा सडकलाई सरकारले राष्ट्रिय राजमार्गको रुपमा घोषणा गरेको छ । सडकको ठेक्का डिभिजन सडक कार्यालय भक्तपुर मार्फत भएको हो । सडकको रेखदेख पनि डिभिजन सडक कार्यालयले नै गर्ने छ ।

प्रकाशित मिति : २०७६, ११ माघ शनिबार  ६ : ०९ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य