२०८२, १२ फाल्गुन मंगलबार

प्लाष्टिककै भाँडामा दुध ढुवानी ! जनताको स्वास्थ्यमा गम्भीर खेलवाड

प्लाष्टिककै भाँडामा दुध ढुवानी ! जनताको स्वास्थ्यमा गम्भीर खेलवाड


काभे्रपलाञ्चोक ११ माघ :  नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले आठ महिनाअघि जिल्लास्थित दुग्ध चिस्यान केन्द्र तथा दुग्ध संकलन केन्द्रको अनुगमन ग¥यो । अनुगमनका क्रममा प्लाष्टिकका भाँडामा दुध नबोक्न तथा भण्डारण नगर्नसमेत सचेत गरायो । तर, अहिलेसम्मको अवस्था उस्तै छ ।

डिभिजन कार्यालय धुलिखेलले दुग्ध चिस्यान केन्द्र तथा दुध संकलन केन्द्रकलाई पटक–पटक सचेत गराएपनि जिल्लाका अधिकांश व्यवसायी तथा कृषकलेसमेत अझै प्लाष्टिककै भाँडामा दुध ढुवानी गरिरहेको पाइएको छ । गत जेठ महिनामा अनुगमनका क्रममा दुधमा केमिकल नमिसाउन तथा प्लाष्टिकको भाँडामा दुध बोक्न तथा भण्डारण नगर्न सचेत गराइएको डिभिजन कार्यालय धुलिखेलका खाद्य अनुसधान अधिकृत शिवप्रसाद भण्डारीले बताउनुभयो । “दुध व्यवसायीले प्लाष्टिकको भाँडा विस्थापन गर्न मानेका छैनन्, अधिकांश दुध संकलकले आल्मुनियमको भ्याट खरीदमा सरकारसँग अनुदान मागेका छन्” उहाँले भन्नुभयो ।

कतिपय दुग्ध व्यवसायीलाई दुध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिकाबारे जानकारी नहुँदा प्लाष्टिकका भाँडा विस्थापन नगरेको भण्डारीले बताउनुभयो । दुध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ अनुसार प्लाष्टिकको भाँडामा दुध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दुध पनि विक्री गर्न पाइने छैन । भण्डारीले भन्नुभयो ‘निर्देशिका अनुसार कृषकले विहानको विहानै र साँझको दुध साँझै विक्री गर्नुपर्ने हुन्छ ।’

निर्देशिका अनुसार दुधमा स्वच्छता कायम गर्न कार्यालयले त्यतिबेला दुधको पकेट क्षेत्र मानिएका पनौती नपा, नमोबुद्ध नपास्थित भकुण्डे र पाँचखाल नपाका दुध व्यवसायी एवं अगुवा कृषकलाई अभिमुखीकरण समेत गरेको थियो । भण्डारीले भन्नुभयो ‘निर्देशिका अनुसार अब कृषकले समेत प्लाष्टिकको भाँडोमा दुध बोक्न पाउने छैनन् ।’ भण्डारीका अनुसार केही व्यवसायीले स्टिल तथा आल्मुनियमका भाँडा बनाउन अनुदान मागेकाले सो सम्बन्धी केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ ।

उहाँले भन्नुभयो “दुधमा स्वच्छता कायम गर्न प्लाष्टिकका भाँडा विस्थापन गर्न निर्देशिका ल्याइएको भएपनि व्यवयासीको अटेरीका कारण निकै समस्या भएको छ ।” निर्देशिका अनुसार दुधमा स्वच्छता कायम गराउन प्रहरीको सहयोगमा पुनःअनुगमन तथा कार्वाही गर्न तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । जिल्लामा करिब ५० वटा चिलिङ सेन्टर छन् भने तीन सयभन्दा बढी दुध संकलन केन्द्र रहेका छन् ।

पाँचखाल नगरपालिका–४ तामाघाटस्थित दुध विकास संस्थान (डीडीसी)को चिलिङ सेन्टरले दुध संकलकलाई स्टिल तथा आल्मुनियमको चिलिङ भ्याट (दुध ढुवानी ट्याङ्क) प्रयोग गर्न भनेपछि ब्यवसायीले नीजि डेरीमा दुध विक्री गर्न थालेका छन् । सेन्टरका एक अधिकारीले स्टिल तथा आल्मुनियमको चिलिङ भ्याटमा दुध ढुवानी गर्न भनेपछि ब्यवसायी तथा जनप्रतिनिधिसमेतले नीजि डेरीमा विक्री गर्न थालेको बताउनुभयो । उहाँका अनुसार आठ हजार लिटर दुध संकलन हुदै आएको केन्द्रमा हाल करिब २५ सय लिटर मात्रै आउँछ ।

दुधमा मानिसले खाने सोडा तथा साबुन बनाउन प्रयोग हुने काष्टिङ सोडा (जसले दुध जम्न र फाट्न दिँदैन), चिनी र पीठो लगायतका वस्तु मिसाउने गरेको जनगुनासो आएपछि चिस्यान केन्द्र तथा संकलन केन्द्रमा समय समयमा अनुगमन गर्ने गरिएको कार्यालयले जनाएको छ । बासी दुध तताउँदा दुधको एसिडीटी बढ्ने र उक्त दुध सेवन गर्दा मानव स्वास्थ्यमा असर पर्ने भण्डारीले बताउनुभयो । उहाँका अनुसार बासी दुध नजमोस् र नफाटोस भन्नका लागि दुधमा काष्टिङ सोडा, चिनी र पीठो प्रयोग गरिएको हुन्छ ।

खाद्य पदार्थमा समस्या थपिँदै गएपछि प्रभावकारी अनुगमन गरी नियमन गर्न मुलुकको नयाँ संरचनाअनुसार २४ स्थानमा डिभिजन कार्यालय स्थापना गरिएको छ । विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा क्षेत्रियस्तर खाद्य प्रयोगशाला तथा काठमाडौमा केन्द्रीय खाद्य प्रयोगशाला स्थापना गरिएको छ ।

खाद्य ऐन २०२३ अनुसार खाद्यवस्तु गुणस्तरहीन देखिएमा ५० हजार जरिवाना वा पाँच बर्ष कैद, वा दुवै जरिवाना गर्नेसक्ने व्यवस्था छ । रासस, राजकुमार पराजुली

प्रकाशित मिति : २०७६, ११ माघ शनिबार  ५ : ४३ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले