काठमाडौं १० माघ : जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई घूससहित पक्राउ गरेको छ ।
घूस लिएको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले आठ लाख घूस लिदै गर्दा दुवै जनालाई रंगेहात पक्राउ गरिएको हो ।
गाउँपालिका–५ का विभिन्न उपभोक्ता समितिमार्फत भएका विकास निर्माणका काममा घूस लिएको भन्ने सूचना पाएपछि शुक्रबार दिउँसो करिब ३ बजे अध्यक्ष केसीसहित उपाध्यक्ष आचार्यका श्रीमान् बस्नेत कटकुवा हेल्थ पोस्ट नजिकैबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शेषनारायण पौडेलले बताए ।
प्रतिक्रिया