२०८२, २५ कार्तिक मंगलबार

धुलिखेलमा यसै वर्षबाट औद्योगिक ग्राम निर्माणको काम सुरु गरिने

धुलिखेलमा यसै वर्षबाट औद्योगिक ग्राम निर्माणको काम सुरु गरिने


धुलिखेल, ९ माघः काभ्रेको धुलिखेलमा यसै वर्षबाट औद्योगिक ग्राम निर्माणको काम सुरु हुने भएको छ । नगरपालिकाको वडा नम्बर १० खर्कपाकामा औद्योगिक ग्राम बन्नेछ ।

औद्योगिक ग्राम निर्माणका लागि ५० रोपनी जग्गा अतिग्रहण गर्ने काम पुरा भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले जानकारी दिए । पहिलो चरणमा औद्योगिक ग्राम निर्माणस्थलसम्म सडक, खानेपानी, विद्यूत र तारबारको काम हुनेछ । त्यसको लागि ९२ लाख रुपैयाँ रकम समेत आइसकेको प्रमुख प्रशासकिय अधिकृत लुइटेलले बताए ।

संघीय सरकारको आर्थिक सहयोगमा निर्माण हुने औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भने नगरपालिकाले आफ्नै खर्चमा गर्ने छ । डिपिआरका लागि उपप्रमुख बिर्मला शार्माको नेतृत्वमा प्राविधिक सहितको टोलीले निर्माणस्थलको निरीक्षण समेत गरेको छ । प्रतिवेदन एक महिनाभित्र तयार हुने नगरपालिकाको भूमि ब्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले बताए । ‘डिपिआर तयार गर्ने जिम्मा धुलिखेल नगरपालिकाको हो, उनले भने ‘एक महिनाभित्र डिपिआर तयार हुन्छ, त्यसपछि लागतको यकिन हुन्छ, ग्रामका लागि आवश्यक पर्ने सबै खर्च संघीय सरकारले ब्यहोर्ने छ ।’

तीन वर्षभित्र औद्योगिक ग्राम निर्माण पुरा गर्ने लक्ष्य लिइरहेको छ । औद्योगिक ग्रामबाट घरेलु र मझौला उद्योगहरु सञ्चालन हुनेछन् । वडा नम्बर १० का वडाध्यक्ष पुष्पराज राउतले औद्योगिक ग्राम निर्माणपछि स्थानीयहरुको दैनिकीमा परिवर्तन आउने बताए । सडक पूर्वाधारको विकास हुने र रोजगारीको अवसर समेत बढ्ने भएकाले स्थानीयलाई सजिलो हुने उनको भनाइ छ । ‘हामी निकै हर्षित छौँ, आफ्नै ठाउँमा औद्योगिक ग्राम बन्दैछ, उनले भने ‘ भौतिक पूर्वाधार मात्रै बन्दैनन्, यहाँ रोजगारीको अवस्था समेत थप सीर्जना हुनेछ ।’

प्रकाशित मिति : २०७६, ९ माघ बिहीबार  ६ : १७ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य