२०८३, ३० असार बुधबार

शिक्षकको बारीमा लटरम्म गोलभेँडा

शिक्षकको बारीमा लटरम्म गोलभेँडा


धुलिखेल, ५ माघः उनले पढाएका धेरै बालबालिकाले कक्षा फेरिसके । ११ वर्षको शिक्षण अवधिमा । अहिले पनि शनिबार र सार्वजनिक बिदा बाहेक अरु दिन बालबालिकासँगै बित्छ । विद्यार्थीको रुचि, क्षमता र समस्या बुझेर शिक्षण सिकाई क्रियाकलापमा फेरबदल गरेजस्तै यो बीचमा उनले धेरै थरीका गोलभेँडा खेती गर्ने अभ्यास गरे ।

उनी हुन् धुलिखेल नगरपालिका वडा नम्बर ८ का केशब बडाल । पेसाले शिक्षक । गाउँमै रहेको बिनायक आधारभूत विद्यालयमा विज्ञान विषय पढाउँछन् । विद्यालयमा विज्ञान विषय पठाउने शिक्षक बडालको नाम पछिल्लो समय अनुभवी कृषक भनेर पनि गाउँलेले लिन्छन् । कृषकको पनि विषय केन्द्रित गर्ने हो भने गोलभेडा खेतीमा उनले लामै समय बिताइ सकेका छन । जसरी विश्वमा विज्ञानको क्षेत्रमा पल पल अभ्यास र परिर्वतन आइरहेका छन । उनले पनि बर्षैपिच्छे गोलभेँडा खेतीमा त्यसै गरे ।

तस्बिरः वडाध्यक्ष निराजन जंगमको फेसबुकबाट साभार

कक्षामा पढाइहुने दैनिक शिक्षण सिकाई क्रियाकलाप पनि बनाउनै पर्यो । त्यसमा केहि समय बित्छ नै । सार्वजनिक बिदा र शनिबारको दिन सहित बेहान–बेलुकाको समय चाँहि बारीलाई । गोलभेँडा खेतीमा ७÷८ वर्ष बिताइसकेका शिक्षक बडाललाई साथ दिएकी छन श्रीमती जसोधा बडालले । २ रोपनी बारीमा ब्यवसायीक गोलभेँडा फलाउँछन श्रीमान–श्रीमती मिलेर । ‘श्रीमतीले ठूलो सहयोग गरिकिछन, म पनि विद्यालयबाट बचेको समय कत्तिपनि खेर फाल्दिन्, केशवले भने ‘मेहेनतले नै जमिनलाई हराभरा बनाउने हो ।’

बडाल दम्पत्तिले यो ८ वर्षको बिचमा गोलभेँडा खेतीको अनेक विधिसँग नजिक भएर काम गरे । तर यो पटक बाहेक अघिल्लो वर्षहरुमा अपनाइएका विधि खास नयाँ लाग्दैन उनलाई । ‘यो बीचमा धेरै अभ्यासहरु गरेँ, सबै रैथाने प्रविधि नै लाग्यो, केशब भन्छन ‘तर यो वर्ष जुन विधि अपनाएँ, त्यो साह्रै नयाँ लाग्यो, ब्यवस्थित पनि ।’

तस्बिरः वडाध्यक्ष निराजन जंगमको फेसबुकबाट साभार

यो पटक बडाल दम्पत्तिले ‘प्लाष्टिक मल्पिङ विधि’ मार्फत करिब १ रोपनी क्षेत्रफल जमिनमा गोलभेँडा खेती गरेका छन् । गएको वर्ष अर्कौ तरिकाले खेती गर्दा ५० देखि ५५ हजार रुपैयाँ मात्रै हात पारेको यो दम्पत्तिले यो पटक भने त्यहि जमिनबाट १ लाख रुपैयाँ थापिसकेको बताउँछन् । ‘रोग, किरा लागेन भने स्वाभाविक रुपमा किसानको आम्दानी बढ्छ नै, यो विधि मार्फत खेती गर्दा रोग किराले सताएन, जति अन्य विधिबाट गर्दा सताउँथ्यो ।’ ‘प्लाष्टिक मल्पिङ विधि’ अपनाएपछि झारको पछि झन्झट हटेको बडाल दम्पत्तिको अनुभव छ ।

गएको साउनमा रोपेको सीर्जना जातको गोलभेँडा अझै पनि निख्रिसकेको छैन । वातावरणको हिसाबले अन्य तरकारीभन्दा गोलभेँडा खेती उपयुक्त भएकाले यहि खेती रोजेको बडाल दम्पत्ति बताउँछन ।

प्रकाशित मिति : २०७६, ५ माघ आईतबार  १२ : ४० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै