२०८२, १६ श्रावण शुक्रबार

धुलिखेल–रविओपी–नगरकोट सडक स्तरोन्नतिको काम सुरु

धुलिखेल–रविओपी–नगरकोट सडक स्तरोन्नतिको काम सुरु


धुलिखेल, ४ माघ, धुलिखेल–रविओपी–नगरकोट सडकमा स्तरोन्नतिको काम सुरु भएको छ । सडकखण्डको कुईकेलमार्गगेटदेखि गोसाईथानसम्म स्तरोन्नति गर्न लागिएको हो । प्रदेश सरकारको आर्थिक सहयोगमा हुन लागेको योजना शनिबार सांसद बसुन्धरा हुमागाईले शिलान्यास गरे ।

ड्रेन र वाल बाहेक सडकको चौडाई ७ मिटरको हुनेछ । स्तरोउन्नती गरिने एक किलो मिटर मध्ये ९ सय मिटर लम्बाई सडक कालोपत्रे हुनेछ । २ करोड, ८३ लाख, ४९ हजार लागतमा पिच बाहेक ढलान, ढुंगाको गाह्रो, ग्यावीन गाह्रो र ड्रेन निर्माण हुनेछ ।

सडक स्तरोन्नतिको काम २०७७ साल जेठ मसान्तभित्र सकाईसक्नुपर्ने बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसीले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद हुमागाईले पर्यटीय मार्गको रुपमा रहेको यो सडकलाई छिट्टै नगरकोटसम्म पिच गर्ने बताए । ‘यो सडक धुलिखेल, बनेपा र नगरकोट बीचको सिधा सम्पर्क राख्ने सडक हो, उनले भने ‘त्यसैले यसलाई स्तरोन्नति गरेर पर्यटकहरुको आवगमनलाई समेत सजिलो गराउन आवश्यक छ ।’

प्रकाशित मिति : २०७६, ४ माघ शनिबार  ११ : ३७ बजे

आज पहिलोपटक मनाइँदैछ ‘राष्ट्रिय कोदो दिवस’ वार्षिक कोदो उत्पादन ३ लाख मेट्रिक टन नाघ्यो

काठमाडौं । नेपालको कृषि प्रणालीमा सदियौँदेखि महत्व राख्दै आएको परम्परागत

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी

शुक्र देवतास् समृद्धि, प्रेम र सौन्दर्यका प्रतीक

काठठमाडौं । हिन्दू धर्मग्रन्थहरूमा शुक्र देवता शुक्राचार्य एक प्रमुख र

चार संसदीय समितिको बैठक आज, विधेयक र राष्ट्रिय सरोकारका विषयमा छलफल

काठमाडौं । संघीय संसद् अन्तर्गतका चार वटा संसदीय समितिको बैठक

देशभर वर्षाको सम्भावना, बागमतीका पहाडी क्षेत्रहरूमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर हाल सक्रिय मनसुनी प्रणालीको प्रभावका कारण आज