२०८२, २७ जेष्ठ मंगलबार

काभ्रेका सबै स्थानीय तहका जनप्रतिनिधि भन्छनः ‘सडक सुशासन कायम गर्ने प्रतिबद्ध छौँ’

काभ्रेका सबै स्थानीय तहका जनप्रतिनिधि भन्छनः ‘सडक सुशासन कायम गर्ने प्रतिबद्ध छौँ’


धुलिखेल, २ माघ : काभ्रेको सबै स्थानीय तहले सडक सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेले आज धुलिखेलमा आयोजना गरेको सडक सुशासन सम्बन्धी अन्तक्र्रियामा सहभागि जिल्लाका स्थानीयका प्रमुख, उपप्रमुखहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । तर स्थानीय तहमा जथाभावी खनिने सडकको कुरामा भने खास ध्यान जनप्रतिनिधिको गएजस्तो पाइदैँन ।

कार्यक्रमा काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले काभ्रेमा सडकको अवस्था, सडक दुर्घटना र न्यूनिकारणका उपाय बताएका थिए । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले जनप्रतिनिधिको ध्यान सडक खन्ने तिरमा मात्रै गएको भन्दै गुणस्तरीय सडक निर्माणमा ख्याल नगर्न दुर्घटना बढेको बताए । ‘यो कार्यक्रममा बसिकेपछि के कुरा थाहा भयो भने हामीले सडक खनेका हैन रहेछौँ । रेखा कोरेका रहेछौँ, प्रमुख वाइबाले भने ‘त्यसैमा सवारी साधन गड्न थाल्यो । दुर्घटना पनि बढ्यो ।’ बिना इन्जिनियरिङ सडक खन्दा दिनप्रतिदिन ग्रामीण सडकहरुमा दुर्घटना बढ्दै गएको प्रमुख वाइबाको भनाई छ ।

त्यस्तै बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले सडक दुर्घटना काम गराउन स्थानीय तहहरुको मूख्य दायित्व भित्रपर्ने भन्दैसमन्वय गरेर काम गर्न तयारी रहेको बताए । ‘आफ्नो पालिकाभित्र दुर्घटना नै नहुने उपाय अपनाउनु हरेक स्थानीय तहको दायित्व हो, उनले भने ‘सडकको अवस्था हेरेर मात्रै सवारी साधन गुडाउन दिनुपर्छ, होइन भने दुर्घटनामा परेर हाम्रै दाजुभाइ दिदीबहिनीको अकालमा मृत्यु हुन्छ ।’

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले हरेक पालिका तहले समयानुकुल सवारी चालकहरुलाई तालिम दिनुपर्नेमा जोड दिए । ‘सवारी साधनको पाठपूर्जा दिनप्रतिदिन परिस्कृत भइरहेका हुन्छ, त्यसैले चालकहरुलाई पनि बेला बेला तालिमको आवश्यकपर्छ, जिसस प्रमुख केसीले भने ‘धेरै खर्च पनि लाग्दैन, दुर्घटना कम गराउन डिजिटल प्रविधि तर्फ स्थानीयहरु लाग्नुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनाले आफ्नो छोटो अवधिमै धेरै जनाले सडक दुर्घटनामा ज्यान घुमाएको भन्दै अरनिको र बीपी राजमार्गमा सुरक्षा कर्मीको पोष्ट समेत बढाउनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न यातायात कम्पनीका प्रतिनिधि समेत सहभागि भएका थिए । उनीहरुले हरेक घटनामा सवारी चालकको मात्रै दोष देखाउने परिपाटी रहेको भन्दै सत्यतथ्य छानविन गरेर कारबाहि गर्न माग गरे ।

प्रकाशित मिति : २०७६, २ माघ बिहीबार  ७ : ११ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक