२०८२, ९ चैत्र मंगलबार

हेलम्बुमा पहिलो पटक ‘क्यानोनिङ’

हेलम्बुमा पहिलो पटक ‘क्यानोनिङ’


धुलिखेल, २ पुस: सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा पहिलो पटक क्यानोनिङ खेलको सुरुवात गरिएको छ । हेलम्बु गाउँपालिकाले ‘पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर साहसिक खेल क्यानोनिङको आयोजना गरेको हो ।

मेलम्ची खानेपानीको मुहान अम्बाथानको झर्नामा साहसिक खेल क्यानोनिङ सञ्चालन गरिएको पालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । क्यानोनिङ खेलमा स्थानीय, पालिकाका कर्मचारी, गैरसरकारी सघं-संस्था तथा विद्यार्थी सहभागि भएका थिए ।

क्यानोनिङ खेलमा सहभागि हुन पुगेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सामुदायिक विकास तथा बाताबरण संरक्षण मञ्चले खानाको परिकार र जलवायु परिवर्तन र यसले निम्याउन सक्ने असरकाबारे चेतनामुलक कार्यक्रम गरेको थियो । मञ्चका कार्यकारी निर्देशक गोविन्द सापकोटाका अनुसार सिन्धुपाल्चोक जिल्लामै क्यानोनिङ खेल पहिलोपटक गरिएको हो ।

हेलम्बु पछिल्लो समय आन्तरिक पर्यटकहरुको समेत उपयुक्त पर्यटकीय गन्तब्य बन्दै गइरहेको छ । शान्ता वातारण, हिमालको दृश्य, कञ्चन बाग्ने खोला, झर्ना र हिमाली परिवेशले सबैको ध्यान तान्ने गरेको छ । पालिका अध्यक्ष शेर्पाले पालिकाभित्र रहेका पर्यटकीय स्थलहरुको खोजी गरी संरक्षण गर्न समेत विशेष योजना बनाएर अघि बढिरहेको बताए ।

प्रकाशित मिति : २०७६, २ माघ बिहीबार  ८ : २५ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार