२०८२, २४ कार्तिक सोमबार

हेलम्बुमा पहिलो पटक ‘क्यानोनिङ’

हेलम्बुमा पहिलो पटक ‘क्यानोनिङ’


धुलिखेल, २ पुस: सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा पहिलो पटक क्यानोनिङ खेलको सुरुवात गरिएको छ । हेलम्बु गाउँपालिकाले ‘पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर साहसिक खेल क्यानोनिङको आयोजना गरेको हो ।

मेलम्ची खानेपानीको मुहान अम्बाथानको झर्नामा साहसिक खेल क्यानोनिङ सञ्चालन गरिएको पालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । क्यानोनिङ खेलमा स्थानीय, पालिकाका कर्मचारी, गैरसरकारी सघं-संस्था तथा विद्यार्थी सहभागि भएका थिए ।

क्यानोनिङ खेलमा सहभागि हुन पुगेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सामुदायिक विकास तथा बाताबरण संरक्षण मञ्चले खानाको परिकार र जलवायु परिवर्तन र यसले निम्याउन सक्ने असरकाबारे चेतनामुलक कार्यक्रम गरेको थियो । मञ्चका कार्यकारी निर्देशक गोविन्द सापकोटाका अनुसार सिन्धुपाल्चोक जिल्लामै क्यानोनिङ खेल पहिलोपटक गरिएको हो ।

हेलम्बु पछिल्लो समय आन्तरिक पर्यटकहरुको समेत उपयुक्त पर्यटकीय गन्तब्य बन्दै गइरहेको छ । शान्ता वातारण, हिमालको दृश्य, कञ्चन बाग्ने खोला, झर्ना र हिमाली परिवेशले सबैको ध्यान तान्ने गरेको छ । पालिका अध्यक्ष शेर्पाले पालिकाभित्र रहेका पर्यटकीय स्थलहरुको खोजी गरी संरक्षण गर्न समेत विशेष योजना बनाएर अघि बढिरहेको बताए ।

प्रकाशित मिति : २०७६, २ माघ बिहीबार  ८ : २५ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य