२०८२, २५ कार्तिक मंगलबार

जसले काभ्रेको पक्षमा मतदान गरे

जसले काभ्रेको पक्षमा मतदान गरे


धुलिखेल, २७ पुसः काभ्रेबाट निर्वाचिन ५ जना सांसदहरुले काभ्रेकै विपक्षमा मतदान गरि रहदाँ विवेकशील पार्टीका तीन जना सांसदले भने काभ्रेको पक्षमा मतदान गरेका छन । आइतबार विहान भएको प्रदेश नम्बर ३ को स्थायी राजधानी बनाउने प्रस्तावमाथि विवेकशीलका सासंद जना रमेश पौडेल, शोभा शाक्य र विराजभक्त श्रेष्ठले काभ्रेको पक्षमा मतदान गरेका हुन ।

सांसद पौडेलले आफ्नै पार्टीका शाक्य र श्रेष्ठको समर्थनमा धुलिखेल स्थायी राजधानी बनाउने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । काभ्रेका लागि प्रस्ताव पर्दा पर्दै काभ्रेबाटै निर्वाचित सांसदहरुले पक्षमा मतदान गरेनन ।

काभ्रेबाट निर्वाचित चन्द्र लामा, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, रत्न ढकाल र गोमा भूर्तेलले काभ्रेको पक्षमा मतदान गरेनन । आइतबारको मतदान प्रक्रियामा १०८ जना सांसद उपस्थित भएका थिए । जसमा विवेकशीलका ३ जनाले मात्रै काभ्रेका पक्षमा मतदान गरे । हेटौँडाको पक्षमा १०५ मत परेको छ । प्रदेशको स्थायी राजधानी र नामको छिनोफानो गर्न दुई तिहार मत आवश्यक पथ्र्यो । प्रदेश तीनको सदनमा ११० जना सांसद छन ।

सभामुख सानु कुमार श्रेष्ठले काभ्रेको पक्ष र विपक्षमा मतदान गर्ने कोठा देखाइरहदाँ काभ्रेबाट निर्वाचित सांसदहरु भने एकैछिन अलमल परेको जस्तो देखिथे ।

प्रकाशित मिति : २०७६, २७ पुस आईतबार  १२ : ३० बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य