२०८२, ५ फाल्गुन मंगलबार

काभ्रेली प्रदेश सांसदहरु आफ्नै विपक्षीमा मतदान गर्दै

काभ्रेली प्रदेश सांसदहरु आफ्नै विपक्षीमा मतदान गर्दै


धुलिखेल, २७ पुसः झण्डै दुई वर्षअघि भोट माग्न जनताको घर दैलो पुग्दै गर्दा काभ्रेबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपाका उम्मेदवारहरुले प्रदेशको स्थायी राजधानी काभ्रे बनाएरै छाड्ने उद्घोष गरे । जनताले पत्याए । ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको काभ्रेमा सबै सिटमा नेकपाका उम्मेदवार विजयी भए ।

विजयी पछि आम मतदाताले सोचे प्रदेशको राजधानी काभ्रे आउँछ । काभ्रेली सांसदहरुले यसअघि काभ्रे हुनुपर्छ भनेर प्रस्ताव पनि संसद सचिवालयमा दर्ता गराएका थिए । तर पार्टीको निर्देशन उनीहरुले जनताको मतभन्दा ठूलो सम्झे र भलै आज आफ्नै विपक्षमा मतदान गर्दै छन । पार्टीको निर्देशन अघि उनीहरु निरिह साबित भए ।

निकै रस्साकस्सीका बीच प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती हुने छ । यद्यपी स्थायी राजधानी र नाममा सर्वसम्मति भने हुन सकेन । प्रदेश सरकार गठन भएको दुई वित्तिसक्दा बल्ल प्रदेश ३ ले आफ्नो नाम र स्थायी राजधानीको टुंगो लगाउँदैछ । आइतबार (आज) बिहिन ९ बजेपछि बस्ने संसद बैठकले स्थायी राजधानी र नामको टंगो लगाउनेछ ।

शनिबार नेकपा, नेपाली काँग्रेस, राप्रपा र राप्रपा संयुक्तले प्रदेश राजधानी हेटौँडा र बागमती नाम रहने गरी प्रस्ताव दर्ता गराए । विवेकशील पार्टीले भने काभ्रेको धुलिखेल स्थायी राजधानी हुनुपर्ने प्रस्ताव दर्ता गराएको छ । प्रस्तावमाथि छलफल पनि सुरु भएको छ । तर काभ्रेली सांसदहरुले काभ्रेको विपक्ष र हेटौँडाको पक्षमा मतदान गर्नेछ ।

प्रदेश ३ को पाँचौ अधिवेशन सुरु भएको दिन सदनको रोष्टरमा उभिएर काभ्रेली सांसद बसुन्धरा हुमागाईले भनेका थिए ‘मुटु माथि ढुंगा राखि हास्नु पर्या छ’ । ठीक त्यस्तै आज जनतासामु गरेको बाचा भूल्दै काभ्रेली ५ जना सांसदहरु बसुन्धरा हुगामाई, चन्द्र लामा, रत्न ढकाल, लक्ष्मण लम्साल र गोमा भूर्तेलले काभ्रेकै विपक्षमा मतदान गर्नेछन ।

सभामुख सानु कुमार श्रेष्ठले दर्ता भएका दुबै प्रस्तावमा उपर सांसदहरुको मत लिनुहुनेछ । ११० जना जना सांसद रहेको सदनमा स्थायी राजधानी र नाम टुंग्याउनका लागि ७४ अर्थात दुई तिहाइ मत आवश्यक पर्छ । नेकपासँग बहुमत छ । विवेकशी पार्टीका जम्मा ३ जना मात्रै सांसद छन । १०७ जना सांसदले हेटौँडाको पक्षमा मतदात गर्नेछन ।

प्रकाशित मिति : २०७६, २७ पुस आईतबार  ७ : ४५ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १