२०८२, २९ पुस मंगलबार

काग्रेँसद्धारा पनौती नगरपालिकाको छैठौँ नगरसभा बहिष्कार

काग्रेँसद्धारा पनौती नगरपालिकाको छैठौँ नगरसभा बहिष्कार


धुलिखेल, २५ पुस ः पनौती नगरपालिकाको छैठौँ नगरसभा नेपाली काँग्रेसका प्रतिनिधिहरुले बहिष्कार गरेका छन । नगरपालिकाका प्रमूख भिमप्रसाद न्यौपाने बोल्ने कार्यसूचिमा वडा नम्बर १ का वडाध्यक्ष गुणनाथ सापकोटाले उठेर विपक्षी दललाई होच्याउने खालका अभिब्यक्ति दिएकोभन्दै सभा बहिष्कार गरेर काँग्रेसका प्रतिनिधिहरु हिडेका हुन ।

नगरसभा अन्तर्गत १२ ओटै वडाका वडाध्यक्षहरुले आ—आफ्नो भनाई राखेका थिए । त्यसपछि ९ जना वडासदस्यहरुले बालेका थिए । वडाध्यक्ष र वडासदस्यहरुले उठाएको सवालमा नगरप्रमुखले जवाफ नदिएर वडा नम्बर १ का वडाध्यक्ष सोपकोटाले नै जवाफ दिएपछि आफुहरु उठेर हिडेको वडा नम्बर १० का वडाध्यक्ष मोहन बहादुर भण्डारीले बताए । ‘नगरप्रमुखले जवाफ दिने कार्यसूचि हुदाँ हुदँै वडा नम्बर १ का अध्यक्षज्यू उठेर जवाफसँगै विपक्षीलाई होच्याउने अभिब्यक्ति दिन थाल्नु भयो, उनले भने ‘त्यसपछि काँग्रेसबाट निर्वाचित सबै सदस्यहरु उठेर हिड्यौ ।’ वडाध्यक्ष भण्डारीले संसदीय मर्यादा हनन भएको समेत दाबी गरे ।

तर नगरपालिकाका उपप्रमुख गीता बञ्जराले भने काँग्रेसले सभा बहिष्कार नगरेको बताइन । शून्य समयमा वडा नम्बर १ का वडाध्यक्षले आफ्नो भनाई राख्ने क्रममा काँग्रेसका प्रतिनिधिहरु उठेर हिडेको उपप्रमूख बञ्जराले बताइन । ‘सँगै खाना र खाजा खाएका छौँ, उहाँहरुले पनि आ–आफ्नो धारणा राख्नुभएको छ, उपप्रमुख बञ्जराले भनिन ‘शुन्य समयमा वडा नम्बर १ का वडाध्यक्ष बोल्दै गर्दा उहाँले उडेर हिड्नुभयो ।’

हिजोबाट सुरु नगरसभा विभिन्न निर्णय गर्दै आज सकिएको छ । नगर कार्यपालिकामा नेपाली काँग्रेसबाट २३ जना सदस्य छन । पनौतीको १२ मध्ये ६ वटा वडामा नेपाली काँग्रेसका निर्वाचित जनप्रतिनिधि छन ।

प्रकाशित मिति : २०७६, २५ पुस शुक्रबार  ६ : १६ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका