२०८३, २६ आश्विन मंगलबार

होटल सारथीको पाँचौं बार्षिक साधारण सभा, १८ महिनाभित्र अर्को नयाँ भवन बन्ने

होटल सारथीको पाँचौं बार्षिक साधारण सभा, १८ महिनाभित्र अर्को नयाँ भवन बन्ने


धुलिखेल, २० पुसः काभ्रेको धुलिखेलमा रहेको होटल सारथी प्रा. लिको पाँचौ बार्षिक साधारण सभा सकिएको छ । शनिबार भएको बार्षिक साधारण सभामा प्रा.लि. का अध्यक्ष प्रल्हाद प्यकुरेलले पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै विभिन्न खालका योजनाहरु साधारण प्रस्तुत गरेका थिए ।

धुलिखेल तथा आसपासमा रहेका यूवाहरुबाट २५ करोडको लागनीमा ९ महिनाअघि देखि होटल सुरु गरिएको थियो । धुलिखेलमा उत्कृष्ट होटलको रुपमा आफ्नो नाम राख्न सफल भएको उक्त होटलले १८ रोपनी भन्दा बढी आफ्नै जग्गामा व्यवसाय सुरु गरेको हो ।

कार्यक्रममा होटलको हाल सम्मको आम्दानी, खर्च, भावी योजना तथा पर्यन बर्ष २०२० लाई व्यवसायिक रुपमा अगाडि बढाउने नीति सहित शेयर धनीहरुको सुझाव समेत लिएको थियो । विभिन्न पेशा तथा व्यवसायमा संलग्न शेयर धनीहरु रहनु भएको उक्त होटलमा उद्योगी, व्यवसायी, सहकारीकर्मी, गैह सहकारी निकायका विभिन्न ब्यक्तिको सहभागिता रहेको छ ।

२३ वटा रुम सहित २ सय जनाभन्दा बढीका लागि कार्यक्रम सञ्चालन गर्नसक्ने सेमिनार हल र २ वटा तालिम हल सहित लिफ्टको समेत व्यवस्था रहेको छ । धुलिखेल बसपार्कबाट १.५ कि. मि.को दुरीमा रहेको होटलबाट विभिन्न हिम श्रृंखलाहरुको दृष्य राम्रोसँग अवलोकन गर्न सकिन्छ ।

राम्रो पार्किङ स्थल, मनमोहक दृष्य र शान्त वातावरणमा रम्न चाहने जो कोहिलाई पनि एक पटक पुगेपछि जाउँ जाउँ लाग्ने पारिवारिक वातावरण होटल सारथीमा रहेको छ ।

होटलले १८ महिना भित्र सम्पन्न हुने गरी ५० वटा कोठाको अर्कौ भवन निर्माण गर्नका लागि कार्य प्रारम्भ सुरु गरिसकेको छ । ३५ करोड रुपैयाँको लागतमा सम्पन्न हुने उक्त भवनमा विभिन्न खालका सुविधा सम्पन्न रुमहरु हुनेछन् । साधारणसभाले नयाँ भवनको काम सुरु गर्न सञ्चालक समितिलाई अख्यिारी समेत दिइसकेको छ ।

नयाँ भवन सुरु भइसकेपछि होटल ७३ वटा रुम सहितको अवस्थामा आउनेछ । यूवाहरु मिलेर आफ्नै माटोमा केहि गरौ भन्ने सोचका साथ सुरु भएको यस होटलले स्थानीयलाई क्षमताका आधारमा रोजगारी प्रदान गर्ने लक्ष्य समेत लिएको छ ।

अहिले उक्त होटलले ३० जना भन्दा बढी ब्यक्तिहरुलाई प्रत्यक्ष रोजागरी दिन सफल भएको छ । होटल सञ्चालन गर्दै आएको समुह अन्तर्गत रहेका सारथी सहकारी, सारथी मार्ट, सारथी फाउण्डेसन तथा अन्य समुदायमा आधारित कार्यक्रमलाई थप ब्यवस्थित र प्रभावकारी बनाउने पनि साधारणसभाले सभामा पारित गरेको छ ।

प्रकाशित मिति : २०७६, २० पुस आईतबार  ९ : २२ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका