२०८२, २४ कार्तिक सोमबार

इन्सेकको वार्षिक सम्पादन भेला सुरु

इन्सेकको वार्षिक सम्पादन भेला सुरु


हेटौडा, १९ पुसः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. ३ हेटौडाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को वार्षिक सम्पादन भेला शनिबारबाट हेटौडामा सुरु गरेको छ । इन्सेक प्रदेश नं. ३ का संयोजक कृष्ण गौतमले भेलाकाबारेमा जानकारी दिदै देशभरमा भएका घट्नालाई संकलन गरेर मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशनको तयारीको क्रममा प्रदेश नं. ३ का १३ जिल्लाका मानव अधिकार उलंघन र ज्यादतीका घट्नाको सम्पादन गरिएको बताए ।

प्रदेश नं. ३ भित्र रहेका संकलित घट्नाहरु मध्ये सबैभन्दा बढी काठमाण्डौं जिल्लामा ९१३, ललितपुरमा १३०, भक्तपुरमा २५४, सिन्धुपाल्चोकमा ८१, काभ्रेमा १०३, सिन्धुली १००, मकवानपुर ५०, चितवन १०७, धादिङ्ग ४१, रसुवा १४, रामेछाप ३०, दोलखा ३०, नुवाकोटमा घटेका घट्नाहरुको अभिलेख गरिएको सम्बन्धित जिल्ला प्रतिनिधीहरुले जानकारी दिए ।

संकलित घट्नामा सबै भन्दा बढी घरेलु हिंसा र बलात्कारका घट्नाहरु रहेको पाईएको इन्सेक प्रदेश नं. ३ का संयोजक गौतमले बताए ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ८ : ३७ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य