२०८३, २१ आश्विन बिहीबार

मण्डनदेउपुरको तीनधारामा तामाङ एकीकृत नमुना बस्ती निर्माणको प्रक्रिया सुरु

मण्डनदेउपुरको तीनधारामा तामाङ एकीकृत नमुना बस्ती निर्माणको प्रक्रिया सुरु


धुलिखेल, १७ पुसः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, तीनधारामा एकीकृत बस्ती निर्माणको काम शुरु भएको छ । आज जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) नगरपालिका र एकीकृत बस्ती निर्माण उपभोक्ता समिति बीच सम्झौता गरिएको छ ।

त्रिपक्षीय सम्झौतामा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमूख महालक्ष्मी जोशी, नगरप्रमूख टोक बहादुर वाइबा र उपभोक्ता समितिका अध्यक्ष आइतमान तामाङले हस्ताक्षर गरेका छन् ।

एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गरिने छ । तामाङ समुदायको मात्रै बसोबास रहेको तीनधारामा ३० ओटा घर निर्माण हुनेछन । यी घर निर्माणका लागि १४ जना जग्गाधनीले आफ्नो नाममा श्रेस्ता कायम भएको जग्गा एकीकृत बस्ती निर्माण उपभोक्ता समितिको नाममा मञ्जुरी दिने छन् । भूकम्पले सबै घर भत्काएपछि तीनधाराका स्थानीय नमूना एकीकृत बस्ती निर्माणमा जुटेका हुन् ।

यसैबीच मण्डनदेउपुर नगरपालिकाभित्र ६८ प्रतिशत घर पुनःनिर्माण भएको छ । आज नगरपालिकामा भएको छलफलमा दिइएको जानकारी अनुसार १२ वटा वडा रहेको नगरपालिकामा ६८ प्रतिशत घर निर्माण सकिएको हो । नगरपालिकामा ९ हजार ८१ लाभग्राहि छनौट भएका थिए ।

प्रकाशित मिति : २०७६, १७ पुस बिहीबार  ७ : ०१ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक