२०८२, २७ भाद्र शुक्रबार

बेहुली झै सिँगारिदैँ धुलिखेल, पात्लेखेत होमस्टेबाट नयाँ वर्षको सुरुवात (भिडियो सहित)

बेहुली झै सिँगारिदैँ धुलिखेल, पात्लेखेत होमस्टेबाट नयाँ वर्षको सुरुवात (भिडियो सहित)


रवि धिताल, धुलिखेल, १५ पुसः काभ्रेको धुलिखेलमा सरसफाईलाई निकै तीब्र बनाइएको छ । जिल्ला समन्वय समिति, धुलिखेल नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना र क्षेत्रिय होटलसँघ मिलेर सरसफाईको काम गरेका छन् ।

पर्यटकीय नगर धुलिखेलले मंगलबार साँझ वडा नम्बर ११ मा रहेको पत्लेखेत होमस्टेमा भ्रमण वर्षको औपचारीक उद्घाटन कार्यक्रम गर्ने नगरपालिकाका प्रवक्ता पुष्पराज राउतले जानकारी दिए ।
हेर्नुहोस भिडियो

अग्रेँजी नयाँ वर्ष २०२० र भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगर धुलिखेललाई सिँगार्न थालिएको हो । अड्डा बजार देखि भट्टेडाँडासम्मको सडक धज्जा पतकाले सजाइएको छ । डोजर लगाएर सडक दायाँ बायाँ नमिलेका ठाउँ मिलाउने काम पनि भइरहेको छ । धुलिखेलको भित्र भागमा रहेका पुरानो मौलिकता बोकेका घरलाई रंग रोगन गरिएको छ ।

पार्कहरुपनि धमाधम सरसफाई भइरहेका छन । धेरै जसो पार्कमा निःशुल्क इन्टनेर चलाउन मिल्ने ब्यवस्था धुलिखेल नगरपलिकाले गरेको छ । जिल्लाको १३ ओटै स्थानीय तहले पनि आफ्नो भूगोल सुहाउँदो पर्यटन प्रवद्र्धनको काम गरिरहेको जिल्ला समन्वय समितिले जनाएको छ । अग्रेजी नयाँ वर्षको पहिलो दिन धुलिखेलमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ ।

प्रकाशित मिति : २०७६, १५ पुस मंगलबार  ७ : ३६ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा