२०८३, ३० असार बुधबार

रोशी गाउँपालिकाका अध्यक्ष आफै विब्यसको अध्यक्ष बन्न खोजेपछि……….

रोशी गाउँपालिकाका अध्यक्ष आफै विब्यसको अध्यक्ष बन्न खोजेपछि……….


धुलिखेल, १४ पुसः आइतबार रोशी माध्यामिक विद्यालयमा अभिभावकहरु जम्मा भएका थिए । विद्यालय ब्यवस्थापन समितिको पदाधिकारीको पदावदी सकिएको पनि धेरै समय भइसकेको थियो । अभिभावकहरु नयाँ नेतृत्व छान्ने ध्याउन्नमा थिए ।

विद्यालयले अभिभावक भेलाको प्रमूख अथितिको रुपमा बोलाएको थियो रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामालाई । उनी सोहि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पनि हुन । उनैको कार्यकाल सकिएपछि नयाँ नेतृत्व छान्न अभिभावकहरु जम्मा भएका थिए ।

प्रमूख अथिति बनेर आएका पालिकाअध्यक्ष लामाले उद्घाटनसत्रमा विद्यालयको भौतिक सुधार देखि गुणस्तरीय शिक्षा प्रदान गर्न गाउाँपलिकाले गरिरहेको कामको समेत बेलिबिस्तार लगाए ।

उद्घाटनसत्र सकिएपछि कुरा उठ्यो नेतृत्व हस्तान्तरणको । पालिकाको अध्यक्ष भइसकेका लामाले त्यसो गर्लान भन्ने कमैले आकँलन गरेका थिए । अभिभावकहरु त्यो बेला छक्क परे जति खेर प्रमूख अतिथि बनेर गएका गाउँपालिकाका प्रमूख आफै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बन्न ताम्सिए ।

अभिभावकहरुले भने एक किसिमको सर्वसम्मत जस्तै उम्मेवार बनाइसकेका थिए । पालिकाअध्यक्ष लामाले धेरै डिप्पी कसे जसरी पनि आफै अध्यक्ष बन्न । तर गाउँहरुले उनलाई फेरी पनि विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा नस्वीकार्ने बताए । गाउँलेहरुको कुरा सुनेपछि पालिकाअध्यक्ष लामाले पनि स्थानीयहरुले खडा गरेका उम्मेवार कुनै पनि हालत हुने बताए । आफु नहुने भएपछि उनले आफु निकटका ब्यक्ति हुनु पर्ने भन्दै नामदिए ।

गाउँहरुले त्यसो भए आफुहरुले तयार गरेको नाम र तपाईले दिएको नाममा सहमति खोजौ भने । पालिका अध्यक्षले सिफारिस गरेको नाम र स्थानीय अभिभावकले सर्वसम्मत तयार गरेको नाम बीच सहमति जुटाउन वडाध्यक्ष पोष्टराज गौतम र उज्वल लामालाई सहजीकरणको जिम्मा दिइयो । वडाध्यक्ष र उज्वल लामा सहजीकरणका लागि कोठाभित्र प्रवेश गरे । छलफल चल्दै थियो ।

त्यसैबीचमा गाउँपालिका अध्यक्ष कोठाभित्र प्रवेश गरेर उज्वल लामालाई सहजीकरण गर्न किन दिएको भन्दै तत्काल बाहिर जान निर्देशन दिए । त्यसपछि माहोल बिग्रियो । पालिका प्रमूखले लम्कि, झम्कि गरे । पालिका प्रमूख आफैले प्रहरी बोलाए । तर प्रहरीले सयंमता अपनायो । अप्रिय घटना हुन ंपाएन । विद्यालय जस्तो शान्ति क्षेत्रमा हुलदंगा भयो ।

पालिकाका अध्यक्ष डिबी लामाले सामान्य विवाद भएको भने स्वीकारे । तर प्रहरी बोलाउने काम र लम्कि, झम्कि गर्ने काम आफुबाट नभएको दाबी गरे । ‘केहि ब्यक्तिले आरोप मात्रै लगाएका हुन, उनले भने समान्य विवाद मात्रै भएको हो ।’

सहजीकरणमा सहभागि वडाध्यक्ष पोष्टराज गौतमले भने प्रहरी बोलाएको कुरा अस्वीकार गरे । ‘रुट हेर्नाका लागि भनेर ट्राफिक प्रहरीहरु कार्यक्रम सुरु हुनुभन्दा अघि देखि आउनु भएको रहेछ, पालिका प्रमूखले प्रहरी बोलाउनु भएको पनि होइन ।’ उनले भने ।

अभिभावक भेलाले गाउँपालिकाको अध्यक्ष डिवी लामा सहित ४ जना सदस्य भने चयन गरेको छ । अध्यक्ष भने विवाद भएपछि चयन हुन सकेन ।

प्रकाशित मिति : २०७६, १४ पुस सोमबार  ८ : २३ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै