२०८२, २६ मंसिर शुक्रबार

रोशी गाउँपालिकाका अध्यक्ष आफै विब्यसको अध्यक्ष बन्न खोजेपछि……….

रोशी गाउँपालिकाका अध्यक्ष आफै विब्यसको अध्यक्ष बन्न खोजेपछि……….


धुलिखेल, १४ पुसः आइतबार रोशी माध्यामिक विद्यालयमा अभिभावकहरु जम्मा भएका थिए । विद्यालय ब्यवस्थापन समितिको पदाधिकारीको पदावदी सकिएको पनि धेरै समय भइसकेको थियो । अभिभावकहरु नयाँ नेतृत्व छान्ने ध्याउन्नमा थिए ।

विद्यालयले अभिभावक भेलाको प्रमूख अथितिको रुपमा बोलाएको थियो रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामालाई । उनी सोहि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पनि हुन । उनैको कार्यकाल सकिएपछि नयाँ नेतृत्व छान्न अभिभावकहरु जम्मा भएका थिए ।

प्रमूख अथिति बनेर आएका पालिकाअध्यक्ष लामाले उद्घाटनसत्रमा विद्यालयको भौतिक सुधार देखि गुणस्तरीय शिक्षा प्रदान गर्न गाउाँपलिकाले गरिरहेको कामको समेत बेलिबिस्तार लगाए ।

उद्घाटनसत्र सकिएपछि कुरा उठ्यो नेतृत्व हस्तान्तरणको । पालिकाको अध्यक्ष भइसकेका लामाले त्यसो गर्लान भन्ने कमैले आकँलन गरेका थिए । अभिभावकहरु त्यो बेला छक्क परे जति खेर प्रमूख अतिथि बनेर गएका गाउँपालिकाका प्रमूख आफै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बन्न ताम्सिए ।

अभिभावकहरुले भने एक किसिमको सर्वसम्मत जस्तै उम्मेवार बनाइसकेका थिए । पालिकाअध्यक्ष लामाले धेरै डिप्पी कसे जसरी पनि आफै अध्यक्ष बन्न । तर गाउँहरुले उनलाई फेरी पनि विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा नस्वीकार्ने बताए । गाउँलेहरुको कुरा सुनेपछि पालिकाअध्यक्ष लामाले पनि स्थानीयहरुले खडा गरेका उम्मेवार कुनै पनि हालत हुने बताए । आफु नहुने भएपछि उनले आफु निकटका ब्यक्ति हुनु पर्ने भन्दै नामदिए ।

गाउँहरुले त्यसो भए आफुहरुले तयार गरेको नाम र तपाईले दिएको नाममा सहमति खोजौ भने । पालिका अध्यक्षले सिफारिस गरेको नाम र स्थानीय अभिभावकले सर्वसम्मत तयार गरेको नाम बीच सहमति जुटाउन वडाध्यक्ष पोष्टराज गौतम र उज्वल लामालाई सहजीकरणको जिम्मा दिइयो । वडाध्यक्ष र उज्वल लामा सहजीकरणका लागि कोठाभित्र प्रवेश गरे । छलफल चल्दै थियो ।

त्यसैबीचमा गाउँपालिका अध्यक्ष कोठाभित्र प्रवेश गरेर उज्वल लामालाई सहजीकरण गर्न किन दिएको भन्दै तत्काल बाहिर जान निर्देशन दिए । त्यसपछि माहोल बिग्रियो । पालिका प्रमूखले लम्कि, झम्कि गरे । पालिका प्रमूख आफैले प्रहरी बोलाए । तर प्रहरीले सयंमता अपनायो । अप्रिय घटना हुन ंपाएन । विद्यालय जस्तो शान्ति क्षेत्रमा हुलदंगा भयो ।

पालिकाका अध्यक्ष डिबी लामाले सामान्य विवाद भएको भने स्वीकारे । तर प्रहरी बोलाउने काम र लम्कि, झम्कि गर्ने काम आफुबाट नभएको दाबी गरे । ‘केहि ब्यक्तिले आरोप मात्रै लगाएका हुन, उनले भने समान्य विवाद मात्रै भएको हो ।’

सहजीकरणमा सहभागि वडाध्यक्ष पोष्टराज गौतमले भने प्रहरी बोलाएको कुरा अस्वीकार गरे । ‘रुट हेर्नाका लागि भनेर ट्राफिक प्रहरीहरु कार्यक्रम सुरु हुनुभन्दा अघि देखि आउनु भएको रहेछ, पालिका प्रमूखले प्रहरी बोलाउनु भएको पनि होइन ।’ उनले भने ।

अभिभावक भेलाले गाउँपालिकाको अध्यक्ष डिवी लामा सहित ४ जना सदस्य भने चयन गरेको छ । अध्यक्ष भने विवाद भएपछि चयन हुन सकेन ।

प्रकाशित मिति : २०७६, १४ पुस सोमबार  ८ : २३ बजे

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ