२०८३, २१ आश्विन बिहीबार

भैसीको पाडी लिएर पनौती नगरपालिकाका मेयर आफै पुगे किसानको गोठमा

भैसीको पाडी लिएर पनौती नगरपालिकाका मेयर आफै पुगे किसानको गोठमा


धुलिखेल, १२ पुसः पाडीको गलामा बाँधिएको दाम्लोको टुप्पोपट्टीको भाग समाउँदै किसानको हातमा थमाएर मेयरले केहि बन्न खोज्दै थिए । अतिथी र दर्शक दीर्घबाट ताली गुञ्जियो । एकैछिन मेयर रोकिए अनि भने ‘माया गरेर पाल्नु है । राम्रो स्याहार, सुसार गर्नोस ।’

बिहीबार काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ पर्खालचौरको दृश्य अलिक फरक थियो । दर्शक दीर्घमा बसेका धेरैको हातमा दाम्लो थियो । घरमा नयाँ पाडी राख्ने गोठ बनाएर रयालेका किसानहरु पर्खालचौर झरेका थिए । किसानको मुहारको भाव हेर्दा लाग्थ्यो, घरमा नयाँ बुहारी भित्र्याउन लागे जस्तो ।

पाडीका लागि छनौटमा परेका किसानलाई पाडीको महत्व बताउँदै र सुत्केरी भत्ता पुर्याउन गोठमै पुग्ने गरेका पनौती नगरपालिकाका मेयर भिम प्रसाद न्यौपानेले पाडी पनि आफ्नै हातले वितरण गरे । किसानलाई सम्झाँउदै भने ‘तपाईहरुले यसलाई जति हेरचाहा गर्न सक्नुहुन्छ त्यति नै छिट्टै आम्दानी पनि लिन सक्नुहुन्छ ।’ रयालेका जस्तै नगरपालिकाभित्रका ३ सय किसानले यो वर्ष भैसीको पाडी पाउनेछन ।

पछिल्लो समय भैँसी लोपहुदैँ गएको भन्दै नगरपालिकाले कार्यक्रम नै बनाएर पाडी वितरण सुरु गरेको हो । नगरपालिकाले वडा नम्बर १ रयालेबाट यो वर्षका लागि भैँसीको पाडी वितरण सुरु गरेको छ । आफ्नो बार्षिक नीति तथा कार्यक्रममै भैँसी जोगाउ अभियान चलाउने योजना समावेश गरेको नगरपालिकाले वडा नम्बर १ का ४२ जना किसानलाई भैसीको पाडी वितरण गरेको हो । नगरपालिकाले अघिल्लो वर्षदेखि पाडी वितरण अभियान थालेको थियो । पाडीको बिमा, औषधी उपचार खर्च र सुत्केरी भत्ता पनि नगरपालिकाले प्रदान गर्छ ।

नगरपालिकाले वडा नम्बर १२ भूमिडाँडामा भैसी पालनका हिसाबले मूख्य पकेट क्षेत्रको रुपमा कार्यक्रम सञ्चालन गर्दैछ । यो वडामा यो वर्ष ५० वटा पाडी वितरण गरिने छ । पाडी वितरण कार्यक्रममा पुगेका प्रदेश सांसद बसुन्धरा हुमागाईले कार्यक्रम अत्यन्तै फलदायी र उदाहारणीय भएको बताए । ‘नगरपालिकाले दिएको सहयोग प्रत्यक्ष आफ्नै हातले थाप्न पाउँदा किसान दाजुभाइ दिदीबहिनी पनि खुशी नहुने कुरै भएन, उनले भने ‘किसानको जीवनस्तर सुधारेको दिन साच्चै मुलुक समृद्ध बन्ने छ ।’

नगरपालिकाले वडा नम्बर १ मा ४२ वटा, २ मा ३५ वटा, ३ मा ३० वटा र सात नम्बर वटामा ३ वटा मात्रै पाडी वितरण गर्ने नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ४, ५, ६, ८, ९, १० र ११ मा २०/२० वटा भैसीँको पाडी वितरण गरिनेछ । पाडीको माग गर्दै नगरभित्रको बाह्र वटा वडाका एक हजार किसान निवेदन दिएका थिए । यस वर्ष ३ सयवटा मात्रै पाडी वितरण हुने र बाँकी किसानलाई अर्को वर्ष त्यहि निवदेनका आधारमा वितरण गरिनेछ ।

प्रकाशित मिति : २०७६, ११ पुस शुक्रबार  २ : ५२ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले