२०८२, २८ जेष्ठ बुधबार

भैसीको पाडी लिएर पनौती नगरपालिकाका मेयर आफै पुगे किसानको गोठमा

भैसीको पाडी लिएर पनौती नगरपालिकाका मेयर आफै पुगे किसानको गोठमा


धुलिखेल, १२ पुसः पाडीको गलामा बाँधिएको दाम्लोको टुप्पोपट्टीको भाग समाउँदै किसानको हातमा थमाएर मेयरले केहि बन्न खोज्दै थिए । अतिथी र दर्शक दीर्घबाट ताली गुञ्जियो । एकैछिन मेयर रोकिए अनि भने ‘माया गरेर पाल्नु है । राम्रो स्याहार, सुसार गर्नोस ।’

बिहीबार काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ पर्खालचौरको दृश्य अलिक फरक थियो । दर्शक दीर्घमा बसेका धेरैको हातमा दाम्लो थियो । घरमा नयाँ पाडी राख्ने गोठ बनाएर रयालेका किसानहरु पर्खालचौर झरेका थिए । किसानको मुहारको भाव हेर्दा लाग्थ्यो, घरमा नयाँ बुहारी भित्र्याउन लागे जस्तो ।

पाडीका लागि छनौटमा परेका किसानलाई पाडीको महत्व बताउँदै र सुत्केरी भत्ता पुर्याउन गोठमै पुग्ने गरेका पनौती नगरपालिकाका मेयर भिम प्रसाद न्यौपानेले पाडी पनि आफ्नै हातले वितरण गरे । किसानलाई सम्झाँउदै भने ‘तपाईहरुले यसलाई जति हेरचाहा गर्न सक्नुहुन्छ त्यति नै छिट्टै आम्दानी पनि लिन सक्नुहुन्छ ।’ रयालेका जस्तै नगरपालिकाभित्रका ३ सय किसानले यो वर्ष भैसीको पाडी पाउनेछन ।

पछिल्लो समय भैँसी लोपहुदैँ गएको भन्दै नगरपालिकाले कार्यक्रम नै बनाएर पाडी वितरण सुरु गरेको हो । नगरपालिकाले वडा नम्बर १ रयालेबाट यो वर्षका लागि भैँसीको पाडी वितरण सुरु गरेको छ । आफ्नो बार्षिक नीति तथा कार्यक्रममै भैँसी जोगाउ अभियान चलाउने योजना समावेश गरेको नगरपालिकाले वडा नम्बर १ का ४२ जना किसानलाई भैसीको पाडी वितरण गरेको हो । नगरपालिकाले अघिल्लो वर्षदेखि पाडी वितरण अभियान थालेको थियो । पाडीको बिमा, औषधी उपचार खर्च र सुत्केरी भत्ता पनि नगरपालिकाले प्रदान गर्छ ।

नगरपालिकाले वडा नम्बर १२ भूमिडाँडामा भैसी पालनका हिसाबले मूख्य पकेट क्षेत्रको रुपमा कार्यक्रम सञ्चालन गर्दैछ । यो वडामा यो वर्ष ५० वटा पाडी वितरण गरिने छ । पाडी वितरण कार्यक्रममा पुगेका प्रदेश सांसद बसुन्धरा हुमागाईले कार्यक्रम अत्यन्तै फलदायी र उदाहारणीय भएको बताए । ‘नगरपालिकाले दिएको सहयोग प्रत्यक्ष आफ्नै हातले थाप्न पाउँदा किसान दाजुभाइ दिदीबहिनी पनि खुशी नहुने कुरै भएन, उनले भने ‘किसानको जीवनस्तर सुधारेको दिन साच्चै मुलुक समृद्ध बन्ने छ ।’

नगरपालिकाले वडा नम्बर १ मा ४२ वटा, २ मा ३५ वटा, ३ मा ३० वटा र सात नम्बर वटामा ३ वटा मात्रै पाडी वितरण गर्ने नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ४, ५, ६, ८, ९, १० र ११ मा २०/२० वटा भैसीँको पाडी वितरण गरिनेछ । पाडीको माग गर्दै नगरभित्रको बाह्र वटा वडाका एक हजार किसान निवेदन दिएका थिए । यस वर्ष ३ सयवटा मात्रै पाडी वितरण हुने र बाँकी किसानलाई अर्को वर्ष त्यहि निवदेनका आधारमा वितरण गरिनेछ ।

प्रकाशित मिति : २०७६, ११ पुस शुक्रबार  २ : ५२ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक