२०८२, १९ माघ सोमबार

क्रिसमस पर्व र यसको महत्व

क्रिसमस पर्व र यसको महत्व


काठमाण्डौ, ९ पुस: बुधबार देशभरका ईसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । ईसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल ईसाईहरुले मात्रै नभएर गैर ईसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदैछन् । यो पर्वसँग जोडिएका विभिन्न किसिमका चिह्न एवं संकेतहरुको कारण पनि यो पर्व सबैको साझा पर्वको रुपमा विकास भइरहेको देख्न सकिन्छ ।

क्रिसमससँग जोडिएर आउने विभिन्न संकेतहरु छन् । जस्तो हरियो रुखमा हिउँ परेको आकृति, रातो र सेतो रंग मिसिएको सान्ता क्लज र अरु पनि त्यस्ता परम्पराहरु क्रिसमससँग जोडिएर आउने पर्वहरु हुन् । तिनै पर्वहरुको महत्व र सुरुवातको विषयमा हामीले सामान्य जानकारी दिने प्रयास गरेका छौं ।

क्रिसमसको विषयमा मिस्र र रोमका मानिसहरुको मत

मिस्र र रोमको पुरानो सभ्यतासँग सम्बद्ध व्यक्तिहरू हरियो बोटबिरुवा र रूखहरूद्वारा घरहरू सजाउँथे, जुन वर्षभर हरियो हुन्छ । उनीहरुको विश्वास थियो कि त्यसो गर्नाले सो घरमा बोक्सीहरुको कुनै असर पर्दैन । दुष्टात्मा, भूत र रोगहरू टाढा भाग्छन् । पुरातन इजिप्ट र रोमका मानिसहरू सदावहार बोटबिरुवाको शक्ति र सौन्दर्यमा विश्वास गर्थे । सोही समयदेखि नै घरघरमा सधैं हरियो हुने बिरुवा राख्न सुरु भयो ।

क्रिसमसको विशेष पहिरन सम्बन्धी व्यवस्था

जर्मनीमा यो परम्पराको सुरुवात सन् ७२२ को आसपासबाट सुरु भएको मानिन्छ । जर्मनीको सेन्ट बोनिफेसले केही दुष्ट व्यक्तिले एउटा विशाल रुख मुनि बच्चाको बलि चढाउने गरेको कुरा थाहा पाए । सेन्ट बोनिफेसले बच्चालाई बचाउनको लागि भनेर त्यो रुख नै काटिदिए । तर, सोही रुखको नजिकै अर्को एउटा रुख बढ्न सुरु भयो । सेन्ट बोनिफेसले मानिसहरूलाई यो एउटा पवित्र रूख हो भन्दै प्रचार गर्न सुरु गरे । उनले रूखका हाँगाहरू स्वर्गतिर फर्किएको भन्दै भगवानसँग रुखको तुलना गरे । यसले रूखको बारेमा व्यक्तिहरूको दिमागमा धेरै आदर उत्पन्न गराउँदै लग्यो ।

मार्टिन लुथरसँग जोडिएको कथा

मानिसहरूले यसलाई १६ औं शताब्दीका महान् ईसाई सुधारक मार्टिन लूथरसँग पनि जोेड्ने गरिन्छ । तर, यो प्रमाणित छैन । यस कथा अनुसार सन् १५०० तिर क्रिसमसको पूर्वसन्धामा उनी एउटा हिउँले ढाकेको जंगल हुँदै हिँडिरहेका थिए । बाटामा उनले हिउँले चम्किरहेको एउटा रूख देखे । रूखका हाँगाहरू हिउँले भरिएका थिए र चन्द्रमामा चम्किरहेका थिए । त्यसबाट प्रभावित भएका उनी जब घर आए । उनले आफ्नो घरमा सल्लाको बोट लगाए । त्यसैमा धेरै मैनबत्तीहरु पनि बाले । उनले सो रुख जिसस क्राइस्टको सम्मानको लागि तयार पारेका थिए । त्यस समयदेखि क्रिसमस ट्रीलाई सजाउने परम्परा सुरु भएको हो ।

क्रिसमस रुख सजाउन कहिलेदेखि भयो सुरु ?

प्रिन्स अल्बर्टले पहिलो क्रिसमस रूख १८४१ मा इङ्ल्याण्डको विन्डसर क्यासलमा रोपेका थिए । भिक्टोरिया कालमा यी रूखहरूसँगै मैनबत्ती केक आदि रुखमा नै राख्ने गरियो । यो विश्वास गरिन्छ कि जब प्रभु येशूको जन्म भएको थियो । सो समयमा उनका बाबुआमाहरु मरियम र युसुफलाई बधाई दिनको लागि स्वर्गका प्रतिनिधिहरू पनि आएका थिए । सो अवसरमा उनीहरुले एउटा रूखमा ताराको प्रकाश परावर्तन गराएर चम्किलो बनाएका थिए । त्यहीँबाट क्रिसमस रूखको सजावटको प्रक्रिया सुरु भएको विश्वास छ । त्यही समयदेखि जसको घरमा यी रुखहरु लगाइन्छ उनीहरुको घरमा खुशीको बहार छाउने ईसाईहरुको विश्वास छ ।

बच्चाको दीर्घायुको विश्वास

मान्यता यो पनि छ कि क्रिसमस ट्मिा मैनबत्ती बाल्ने चलन १७ औं शताब्दीदेखि सुरु भएको हो । प्राचीन कालमा क्रिसमस ट्रीलाई जीवनको प्रतिक मान्ने गरिन्थ्यो । यो जीवनको निरन्तरता दर्शाउने प्रतिकको रुपमा पनि मान्ने गरिएको छ । त्यसकारण पनि यस दिन क्रिसमस ट्री घरमा सजाउँदा त्यसले बच्चाहरुको उमेर लामो हुने उल्लेख गरिन्छ ।

घरमा आउँछ सकारात्मक उर्जा

बास्तुको आधारमा पनि क्रिसमस ट्री जस्तै आकारको रुखहरु राख्दा त्यसले घरमा सकारात्मक उर्जाको विकास गराउँछ भन्ने मान्यता छ । त्रिकोणात्मक रुपमा तयार पारिएको त्यस्ता रुखहरु पञ्च महाभूत मध्येको अग्निको प्रतिक मान्ने गरिन्छ । यसकारण यसलाई सजाउँदा घरबाट नकारात्मक इनर्जीको सञ्चार हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २०७६, ९ पुस बुधबार  ११ : १४ बजे

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी