२०८३, ३० असार बुधबार

मेलमिलाप केन्द्रको अनुगमन गर्दै पाँचखाल नगरपालिका

मेलमिलाप केन्द्रको अनुगमन गर्दै पाँचखाल नगरपालिका


धुलिखेल ३ पुस काभ्रेको पाँचखाल नगरपालिकाले वडा तहमा गठन भएका मेलमिलाप केन्द्रको अनुगमनलाई निरन्तरता दिएको छ ।

पालिकाले मंगलबाट वडास्तरमा गठन भएका मेलमिलाप केन्द्रको अनुगमन थालेको हो । उपप्रमूख संयोजक रहेको न्यायिक समितिले केन्द्रहरुको अनुगमन गरिरहेको छ । ‘वडास्तरमा रहेको मेलमिलाप केन्द्रहरुको अनुगमन थालेका हौँ, उपप्रमूख लक्ष्मी दनुवारले भनिन् ‘अनुगमनको कार्यलाई हामी निरन्तरता दिन्छौँ ।’

मेलमिलाप केन्द्रहरुको स्थलगत अनुगमन गर्दा उनीहरुको समस्या बुझेर आगामी दिनमा न्यायिक समितिले थप नीति नियम बनाउन पनि सजिलो हुने उपप्रमूख दनुवारले बताइन । ‘मेलमिलाप केन्द्रमा आएको मुद्दा, परेको समस्या र समाधानका बारे थाहा पाउन सजिलो भएको छ, उपप्रमूख दनुवारले भनिन् ‘नगरपालिकामा गठन भएको न्यायिक समितिले हेर्ने मुद्दा र समाधानका लागि गर्ने प्रक्रियाबारे पनि मेलमिलाप कर्ताहरुलाई पुनरावलोकन गराउन मद्दत पुगेको छ ।’

पाँचखाल नगरपालिकाभित्र १३ वटा वडा रहेका छन । ती मध्ये आधाभन्दा बढी वडामा रहेको मेलमिलाप केन्द्रको अनुगमन सकिएको छ । अनुगमनका क्रममा न्यायिक समितिको काम, कर्तब्य र क्षेत्राधिकारका बारे जानकारी गराउन गरिएको छ ।

प्रकाशित मिति : २०७६, ३ पुस बिहीबार  ६ : ४३ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै