२०८२, १ असार आईतबार

मेलमिलाप केन्द्रको अनुगमन गर्दै पाँचखाल नगरपालिका

मेलमिलाप केन्द्रको अनुगमन गर्दै पाँचखाल नगरपालिका


धुलिखेल ३ पुस काभ्रेको पाँचखाल नगरपालिकाले वडा तहमा गठन भएका मेलमिलाप केन्द्रको अनुगमनलाई निरन्तरता दिएको छ ।

पालिकाले मंगलबाट वडास्तरमा गठन भएका मेलमिलाप केन्द्रको अनुगमन थालेको हो । उपप्रमूख संयोजक रहेको न्यायिक समितिले केन्द्रहरुको अनुगमन गरिरहेको छ । ‘वडास्तरमा रहेको मेलमिलाप केन्द्रहरुको अनुगमन थालेका हौँ, उपप्रमूख लक्ष्मी दनुवारले भनिन् ‘अनुगमनको कार्यलाई हामी निरन्तरता दिन्छौँ ।’

मेलमिलाप केन्द्रहरुको स्थलगत अनुगमन गर्दा उनीहरुको समस्या बुझेर आगामी दिनमा न्यायिक समितिले थप नीति नियम बनाउन पनि सजिलो हुने उपप्रमूख दनुवारले बताइन । ‘मेलमिलाप केन्द्रमा आएको मुद्दा, परेको समस्या र समाधानका बारे थाहा पाउन सजिलो भएको छ, उपप्रमूख दनुवारले भनिन् ‘नगरपालिकामा गठन भएको न्यायिक समितिले हेर्ने मुद्दा र समाधानका लागि गर्ने प्रक्रियाबारे पनि मेलमिलाप कर्ताहरुलाई पुनरावलोकन गराउन मद्दत पुगेको छ ।’

पाँचखाल नगरपालिकाभित्र १३ वटा वडा रहेका छन । ती मध्ये आधाभन्दा बढी वडामा रहेको मेलमिलाप केन्द्रको अनुगमन सकिएको छ । अनुगमनका क्रममा न्यायिक समितिको काम, कर्तब्य र क्षेत्राधिकारका बारे जानकारी गराउन गरिएको छ ।

प्रकाशित मिति : २०७६, ३ पुस बिहीबार  ६ : ४३ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार