२०८३, २१ आश्विन बिहीबार

सिन्धुपाल्चोक बस दुर्घटनाका ६ जनाको सामूहिक अन्त्येष्टि, चालकको बेखबर, श्रीमतीको शव अस्पतालमै

सिन्धुपाल्चोक बस दुर्घटनाका ६ जनाको सामूहिक अन्त्येष्टि, चालकको बेखबर, श्रीमतीको शव अस्पतालमै


धुलिखेल, ३० मंसिर सिन्धुपाल्चोकमा बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको सोमबार सामूहिक अन्त्येष्टि गरिएको छ । सुनकोसी नदी किनारमा मृतकको अन्त्येष्टि गरिएको हो ।

हिजो बिहान सुनकोसी गाउँपालिकाको वडा नम्बर ५ को ६ किलो भन्ने ठाउँमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७, याङ्लकोटका पाँच र बलेफी गाउँपालिका–५, चिम्लिङका एक गरी ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । मृतक अरु ७ जनाको शव ‘पोस्टमार्टम’ सकेर हिजो साँझ नै परिवारले बुुझेर लगिसकेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा १४ शवको पोस्टमार्टम गरिएको थियो ।

यसैबीच दुर्घटनाग्रस्त बसका चालक सुमन तामाङ अझैपनि सम्पर्कमा आएका छैनन् । चालक तामाङकी श्रीमती सुनिता तामाङको समेत दुर्घटनामा मृत्यु भएको थियो । सुनिताको शव अझैपनि परिवारले बुझ्न नआएको प्रहरीले जनाएको छ । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमै राखिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० का चालक तामाङको मोबाइल ‘स्वीच अफ’ रहेको र खोजतलास गर्दासमेत फेला नपरेको प्रहरीको भनाइ छ । दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ ख ४४६८ नम्बरको ‘रिजर्भ’ बस दुर्घटनामा परेको थियो । भक्तपुरमा डेरा गरी बस्नेहरु बस रिजर्भ गरी शनिबार दोलखाको कालिन्चोक भगवती मन्दिर दर्शन गर्न गएका थिए । फर्कनेक्रममा दुर्घटनामा परेका हुन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताएका छन । साथै उनले सडक दुर्घटना न्यूनीकरण गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन पनि दिए । सोमबार गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले घटनाबारे चासो राखेका हुन ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ६ : ५८ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक