२०८२, ८ पुस मंगलबार

सिन्धुपाल्चोक बस दुर्घटनाका ६ जनाको सामूहिक अन्त्येष्टि, चालकको बेखबर, श्रीमतीको शव अस्पतालमै

सिन्धुपाल्चोक बस दुर्घटनाका ६ जनाको सामूहिक अन्त्येष्टि, चालकको बेखबर, श्रीमतीको शव अस्पतालमै


धुलिखेल, ३० मंसिर सिन्धुपाल्चोकमा बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको सोमबार सामूहिक अन्त्येष्टि गरिएको छ । सुनकोसी नदी किनारमा मृतकको अन्त्येष्टि गरिएको हो ।

हिजो बिहान सुनकोसी गाउँपालिकाको वडा नम्बर ५ को ६ किलो भन्ने ठाउँमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७, याङ्लकोटका पाँच र बलेफी गाउँपालिका–५, चिम्लिङका एक गरी ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । मृतक अरु ७ जनाको शव ‘पोस्टमार्टम’ सकेर हिजो साँझ नै परिवारले बुुझेर लगिसकेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा १४ शवको पोस्टमार्टम गरिएको थियो ।

यसैबीच दुर्घटनाग्रस्त बसका चालक सुमन तामाङ अझैपनि सम्पर्कमा आएका छैनन् । चालक तामाङकी श्रीमती सुनिता तामाङको समेत दुर्घटनामा मृत्यु भएको थियो । सुनिताको शव अझैपनि परिवारले बुझ्न नआएको प्रहरीले जनाएको छ । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमै राखिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० का चालक तामाङको मोबाइल ‘स्वीच अफ’ रहेको र खोजतलास गर्दासमेत फेला नपरेको प्रहरीको भनाइ छ । दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ ख ४४६८ नम्बरको ‘रिजर्भ’ बस दुर्घटनामा परेको थियो । भक्तपुरमा डेरा गरी बस्नेहरु बस रिजर्भ गरी शनिबार दोलखाको कालिन्चोक भगवती मन्दिर दर्शन गर्न गएका थिए । फर्कनेक्रममा दुर्घटनामा परेका हुन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताएका छन । साथै उनले सडक दुर्घटना न्यूनीकरण गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन पनि दिए । सोमबार गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले घटनाबारे चासो राखेका हुन ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ६ : ५८ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ