२०८२, १ फाल्गुन शुक्रबार

सोमबारको व्रत किन बस्ने ?

सोमबारको व्रत किन बस्ने ?


काठमाडौं, मंसिर ३० : हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडी गणेशको पूजा भने अनिवार्य नै छ । अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?
सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु छन् । यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन् । पहिलो कथा-एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ । दोस्रो-एक धनी व्यापारीको छ । जसको छोरा थिएनन् । लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो ।

कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रो-शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । समय समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्‍याउँछ । व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे । यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने हुँदा व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्ने भएकाले हजारौँ वर्षदेखि यो चलन चलिआएको मानिन्छ ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ७ : १४ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको