२०८३, ५ बैशाख आईतबार

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, १४ घाइते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, १४ घाइते


सल्यान । जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा शनिबार साँझ भएको उक्त दुर्घटनामा परेर बनगाड कुपिण्डे-८ थाराका ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतस्थित मेहलकुना अस्पतालमा मृत्यु भएको थियो भने अन्य तीन जनालाई जिल्ला अस्पताल खलंगामा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा घाइते भएका १४ जनामध्ये १० जनाको नेपालगञ्जमा उपचार भइरहेको छ भने ४ जना उपचारपछि घर फर्किएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझ करिब साढे ५ बजेतिर बनगाड कुपिण्डे नगरपालिका-८ थाराबाट कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरतर्फ जन्ती लिएर जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ज ०२७१ नम्बरको जिप बनगाड कुपिण्डे-१२ पुथलामा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो। विकट भौगोलिक अवस्थाका कारण घाइतेहरूको उद्धार गर्न करिब चार घण्टा लागेको जनाइएको छ।

स्थानीय जनप्रतिनिधिका अनुसार उक्त टोली परम्पराअनुसार “ढोक भेट” का लागि माइती पक्षतर्फ जाँदै थियो। यस क्रममा स्थानीय चलनअनुसार खसी, बोका तथा राँगा जस्ता उपहारसमेत लैजाने गरिन्छ। जन्ती बोकेको जिपमा १८ जना सवार रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, ५ बैशाख आईतबार  ७ : १० बजे

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, १४ घाइते

सल्यान । जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको ज्यान

एमाले अध्यक्ष केपी शर्मा ओली २२ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी

होर्मुज स्ट्रेटमा इरानको पुनः नियन्त्रण दाबी, विश्व बजारमा अन्योल

काठमाडौं । मध्यपूर्वको अत्यन्त संवेदनशील जलमार्ग पुनः आफ्नो नियन्त्रणमा आएको