२०८३, २१ आश्विन बिहीबार

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतक १४ जनाको सनाखत (नाम सहित)

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतक १४ जनाको सनाखत (नाम सहित)


धुलिखेल २९ मंसिर सिन्धुपाल्चोक बस दुर्घटनामा १५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दोलखाको कालिञ्चोक दर्शन गरी काठमाण्डौ तर्फ फर्किदै गरेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस आज विहान सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ स्थित ६ किलो माथिल्लो स्वारामा दुर्घटनामा परेका थियो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ७ का २८ वर्षीय शुक बहादुर तामाङ, ६० बर्षीय सविना तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीय मञ्जु तामाङ, ३० बर्षीय रेश्मा तामाङ, सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिका वडा नम्बर ४ का ५५ बर्षीय गंगा माया लामा, बलेफी गाउँपालिका वडा नम्बर ७ की ४३ बर्षीय फूल माया तामाङ रहेका छन् ।

त्यसैगरी काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ का ३६ बर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ बर्षीय मैँया केसी पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की २४ बर्षीय मैया तामाङ, सुनापति गाउँपालिका वडा नम्बर ६ की ४०÷४२ की जुनु माया तामाङ, दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ६ का १० बर्षीय रञ्जित बस्नेत र भिमेश्वर नगरपालिका वडा नम्बर ९ की ४२ बर्षीय लक्ष्मी श्रेष्ठ मृत्यु भएको छ । एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । धुलिखेल अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । केएसीमा एक जना, ह्याम्स अस्पतालमा १४ जना र सिन्धु सदावहार अस्पताल खाडिचौरमा ४ महिनाकी बालिकाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक फरार रहेकोले दुर्घटनाको कारण खुल्न सकेको छैन । बसमा सवार सबै घाइते भएको र चालक पनि फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ६ : ५८ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक