२०८२, २४ कार्तिक सोमबार

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतक १४ जनाको सनाखत (नाम सहित)

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतक १४ जनाको सनाखत (नाम सहित)


धुलिखेल २९ मंसिर सिन्धुपाल्चोक बस दुर्घटनामा १५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दोलखाको कालिञ्चोक दर्शन गरी काठमाण्डौ तर्फ फर्किदै गरेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस आज विहान सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ स्थित ६ किलो माथिल्लो स्वारामा दुर्घटनामा परेका थियो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ७ का २८ वर्षीय शुक बहादुर तामाङ, ६० बर्षीय सविना तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीय मञ्जु तामाङ, ३० बर्षीय रेश्मा तामाङ, सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिका वडा नम्बर ४ का ५५ बर्षीय गंगा माया लामा, बलेफी गाउँपालिका वडा नम्बर ७ की ४३ बर्षीय फूल माया तामाङ रहेका छन् ।

त्यसैगरी काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ का ३६ बर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ बर्षीय मैँया केसी पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की २४ बर्षीय मैया तामाङ, सुनापति गाउँपालिका वडा नम्बर ६ की ४०÷४२ की जुनु माया तामाङ, दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ६ का १० बर्षीय रञ्जित बस्नेत र भिमेश्वर नगरपालिका वडा नम्बर ९ की ४२ बर्षीय लक्ष्मी श्रेष्ठ मृत्यु भएको छ । एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । धुलिखेल अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । केएसीमा एक जना, ह्याम्स अस्पतालमा १४ जना र सिन्धु सदावहार अस्पताल खाडिचौरमा ४ महिनाकी बालिकाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक फरार रहेकोले दुर्घटनाको कारण खुल्न सकेको छैन । बसमा सवार सबै घाइते भएको र चालक पनि फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ६ : ५८ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य