२०८२, १६ असार सोमबार

उपभोक्ता समितिलाई सम्झाउँदै काभ्रेको भूम्लु गाउँपालिका

उपभोक्ता समितिलाई सम्झाउँदै काभ्रेको भूम्लु गाउँपालिका


धुलिखेल, २८ मंसिर काभेको भुम्लु गाँउपालिकाले उपभोक्ता समिति गठनका लागि चाहिने कागजात र प्रक्रियाका बारे वडामै पुगेर जानकारी गराउन थालेको छ ।

दश वटा वडा रहेको गाउँपालिकामा ४ वटा वडामा सचेतीकरण कार्यक्रम सकिएको छ । बाँकी रहेका वडामा पनि कार्यक्रम गरिने गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन । ‘हामीले उपभोक्ताको सजिलोका लागि यो कार्यक्रमलाई अभियानकै रुपमा वडास्तरसम्म पुर्याएका हौँ, उनले भनिन ‘पहिलो वर्ष हामीले जे समस्या भोग्यौ त्यसपछिका वर्षहरुमा धेरै सुधार हुदैँ गएको छ, यो अभियान चलेपछि अझ सुधार र ब्यवस्थित हुन्छ ।’

समिति गठन गर्ने बेला आवश्यक पर्ने कागजातहरु नल्याउँदा र प्रक्रियाहरु पुरा नगर्दा दुई देखि तीन पटकसम्म योजना सम्झौताका लागि धाउनु पर्ने स्थानीयको बाध्यता छ । त्यस्तो समस्या हटाउन गाउँपालिकाले प्रत्येक वडामा गएर जानकारी दिन थालेको उपाध्यक्ष श्रेष्ठले बताइन । ‘ घरदैलोमै गएर सम्झाउँदा उपभोक्ताहरुले निकै सजिलो महशुस गर्नुभएको छ, उनले भनिन ‘अगामी दिनमा अघिल्लो वर्षहरुमा जस्तो समस्या कोहि पनि उपभोक्ता समितिले भोग्नु पर्दैन ।’

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ८ : ०८ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको