२०८३, ३० भाद्र बुधबार

बेथानचोक गाउँपालिकाले थाल्यो न्यायिक समितिको काम वडास्तरमा बुझाउन

बेथानचोक गाउँपालिकाले थाल्यो न्यायिक समितिको काम वडास्तरमा बुझाउन


धुलिखेल २७ मंसिर: काभ्रेको बेथानचोक गाउँपालिकाले न्यायिक समितिले गर्ने कामबारे हरेक वडा पुगेर जानकारी दिन सुरु गरेको छ ।

स्थानीय तहको निर्वाचनसँगै न्याय निरुपणको जिम्मा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमूखले पाएका छन् । कतिपयले न्यायिक इजलास नै बनाइसकेका छन् । न्यायिक समितिलाई पनि विवाद निरुपण गर्ने अधिकार केहि सिमितता छ । तर स्थानीयहरु कुन विवाद न्यायिक समितिले समाधान गर्ने र कुन चाँहि प्रहरी, अदालतसम्म पुग्ने भन्नेको जानकारीबाट टाढा हुुदाँ न्यायिक समितिलाई अप्ठ्यारो परिरहेको गुनासोको माझ बेथानचोक गाउँपालिकाले भने वडा तहमै पुगेर न्यायिक समितिको काम, कर्तब्य र क्षेत्राधिकार बताउन थालेको हो ।

गाउँपालिकाले वडा नम्बर २, ३, ५, ६ मा सचेतिकरण कार्यक्रम गरिसकेको उपाध्यक्ष सरिता लामिछानेले जानकारी दिइन । बाँकी रहेको वडा नम्बर १ र ४ मा पनि कार्यक्रम गर्ने उनले बताइन । बेथाचोक गाउँपालिकामा ६ वटा वडा छन । वडा वडामा पुग्दा कत्तीपय स्थानीयलाई गाउँपालिकामा विवाद मिलाउने न्यायीक समिति छ भन्ने कुरा पनि राम्रोसँग थाहा नभएको पाईएको छ । ‘धेरै जसोलाई गाउँपालिकामा विवाद मिलाइन्छ भन्ने कुराको नै जानकारी नभएको पाइयो, उपाध्यक्ष लामिछानेले भनिन ‘वडास्तरमा पुग्दा धेरैको प्रश्न थियो, विवाद मिलाउन धेरै समय र झन्झटिलो अनि खर्चिलो पनि हुन्छ कि ?’

त्यस्तै गाउँपालिकामा के कस्ता विवाद समाधान हुन्छ भन्ने कुराको पनि पर्याप्त जानकारी स्थानीयमा नपाइएको उपाध्यक्ष लामिछानेले बताइन । ‘पालिकामा के कस्ता विवाद समाधान हुन्छन, विवाद निरुपणका लागि निवेदन दिँदा आफै पो झन अप्ठ्यारोमा पर्ने हो की भन्ने स्थानीयहरुको बुझाई रहेको पाए, उपाध्यक्ष लामिछानेले भनिन,‘हामी न्यायिक समितिका मान्छे गाउँ गाउँ पुगेर समितिले गर्ने काम बताउँदा स्थानीयहरुलाई निकै सजिलो भएको छ, वास्तविकता बुझेर काम गर्न हामीलाई पनि मद्दत नै पुग्छ ।’

प्रकाशित मिति : २०७६, २७ मंसिर शुक्रबार  ९ : ३० बजे

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो