२०८२, २४ कार्तिक सोमबार

बेथानचोक गाउँपालिकाले थाल्यो न्यायिक समितिको काम वडास्तरमा बुझाउन

बेथानचोक गाउँपालिकाले थाल्यो न्यायिक समितिको काम वडास्तरमा बुझाउन


धुलिखेल २७ मंसिर: काभ्रेको बेथानचोक गाउँपालिकाले न्यायिक समितिले गर्ने कामबारे हरेक वडा पुगेर जानकारी दिन सुरु गरेको छ ।

स्थानीय तहको निर्वाचनसँगै न्याय निरुपणको जिम्मा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमूखले पाएका छन् । कतिपयले न्यायिक इजलास नै बनाइसकेका छन् । न्यायिक समितिलाई पनि विवाद निरुपण गर्ने अधिकार केहि सिमितता छ । तर स्थानीयहरु कुन विवाद न्यायिक समितिले समाधान गर्ने र कुन चाँहि प्रहरी, अदालतसम्म पुग्ने भन्नेको जानकारीबाट टाढा हुुदाँ न्यायिक समितिलाई अप्ठ्यारो परिरहेको गुनासोको माझ बेथानचोक गाउँपालिकाले भने वडा तहमै पुगेर न्यायिक समितिको काम, कर्तब्य र क्षेत्राधिकार बताउन थालेको हो ।

गाउँपालिकाले वडा नम्बर २, ३, ५, ६ मा सचेतिकरण कार्यक्रम गरिसकेको उपाध्यक्ष सरिता लामिछानेले जानकारी दिइन । बाँकी रहेको वडा नम्बर १ र ४ मा पनि कार्यक्रम गर्ने उनले बताइन । बेथाचोक गाउँपालिकामा ६ वटा वडा छन । वडा वडामा पुग्दा कत्तीपय स्थानीयलाई गाउँपालिकामा विवाद मिलाउने न्यायीक समिति छ भन्ने कुरा पनि राम्रोसँग थाहा नभएको पाईएको छ । ‘धेरै जसोलाई गाउँपालिकामा विवाद मिलाइन्छ भन्ने कुराको नै जानकारी नभएको पाइयो, उपाध्यक्ष लामिछानेले भनिन ‘वडास्तरमा पुग्दा धेरैको प्रश्न थियो, विवाद मिलाउन धेरै समय र झन्झटिलो अनि खर्चिलो पनि हुन्छ कि ?’

त्यस्तै गाउँपालिकामा के कस्ता विवाद समाधान हुन्छ भन्ने कुराको पनि पर्याप्त जानकारी स्थानीयमा नपाइएको उपाध्यक्ष लामिछानेले बताइन । ‘पालिकामा के कस्ता विवाद समाधान हुन्छन, विवाद निरुपणका लागि निवेदन दिँदा आफै पो झन अप्ठ्यारोमा पर्ने हो की भन्ने स्थानीयहरुको बुझाई रहेको पाए, उपाध्यक्ष लामिछानेले भनिन,‘हामी न्यायिक समितिका मान्छे गाउँ गाउँ पुगेर समितिले गर्ने काम बताउँदा स्थानीयहरुलाई निकै सजिलो भएको छ, वास्तविकता बुझेर काम गर्न हामीलाई पनि मद्दत नै पुग्छ ।’

प्रकाशित मिति : २०७६, २७ मंसिर शुक्रबार  ९ : ३० बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य