तेमाल २२ मंसिर : वडास्तरमै पुगेर योजना सम्झौता थालेको काभ्रेको तेमाल गाउँपालिकाले आइतबार दुई वटा वडामा सम्झौता सम्पन्न गरेको छ ।
वडा ३ मा १६ वटा योजना सम्झौता भएको छ । त्यस्तै वडा नम्बर ४ मा पनि १६ वटा नै योजना सम्झौता भएको छ । वडा नम्बर ३ मा ६५ लाख र वडा नम्बर ४ मा ८३ लाख रुपैयाँको योजना सम्झौता भएको पालिकाको योजना शाखा प्रमूख राज कुमार तामाङले बताउनुभयो ।
योजना सम्झौताका लागि उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमूख प्रशासकिय अधिकृत लक्ष्मण कुइकेल दुबै वडामा पुगेका थिए । ‘वडास्तरमै पुगेर योजना सम्झौता गर्दा उभोक्ता समितिका पदाधिकारीले निकै सजिलो महशुस गर्नुभएको छ,उपप्रमूख तामाङले भनिन, ‘यो एउटा सुरुवात हो, जनताको घरदैलो मै पुगेर सेवा दिन हामी तयार छौँ, अब आउने नयाँ कार्यक्रम पनि जनतालाई सजिलो र छिटो हुने हुने छन् ।’
पालिकाले वडा नम्बर ६ बाट यो योजना सम्झौता सुरु गरेको थियो । यसअघि वडा नम्बर १ र २ मा पनि योजना सम्झौता भइसकेको छ । तेमाल गाउँपालिकामा ९ वटा वडा रहेका छन ।
प्रतिक्रिया