२०८२, २५ भाद्र बुधबार

काभ्रेको बिर्ता देउरालीमा २१ फिट अग्लो बुद्धको मुर्ति (भिडियो फिचर)

काभ्रेको बिर्ता देउरालीमा २१ फिट अग्लो बुद्धको मुर्ति (भिडियो फिचर)


धुलिखेल, २१ मंसिर: काभ्रेको चौरी देउराली गाउँपालिका वडा नम्बर ८ बिर्तादेउरालीको भुमेस्थान डाँडामा बुद्धको मुर्ति स्थापना गरिएको छ । साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको २१ फिट अग्लो बुद्ध मुर्तिको शनिबार प्रदेश नम्बर ३ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गरे ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पनि स्थानीय कला संस्कृतिले ठूलो सहयोग गर्ने मन्त्री नेपालको भनाई छ । ‘प्रदेश सरकार भ्रमण वर्षमा सबैभन्दा बढी पर्यटन प्रदेश नम्बर ३ मा भित्र्याउने योजनाका साथ अघि बढिरहेको छ, मन्त्री नेपालले भने ‘यसमा तपाईहरुले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउनोस, हातेमालो गर्न प्रदेश सरकार तयार छ ।’

मुर्ति भिडियोमा हेर्नोस

सांसद नबीना लामाले तामाङ संस्कार, संस्कृती देशको पहिचान भएकाले यसलाई जोगाउन आग्रह गरिन । ‘तामाङ समुदायको सँस्कृति देखाउने यो सुर्वण मौका पनि हो, उनले भनिन ‘सम्भावना हामी भित्रैबाट खोज्ने हो, पर्यटन भ्रमण वर्षमा हाम्रा लुकेर बसेका सस्कार, सँस्कृतिको उजागर हुनेछ ।’

प्रदेश सासंद रत्न ढकालले कोशीपारी क्षेत्रलाई पर्यटन बिकास गर्ने र त्यसबाट आर्थिक सम्वृद्धि तर्फ आगाडी बढाउने बताए । ‘पर्यटन हाम्रो विकासको मूख्य आधार हो, ढकालले भने ‘कोशीपारीमा थुप्रै सम्भावना छन्, तर यसलाई समयानुकुल बनाउन नसक्दा पछि परिरहेको छ ।’

गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले नव निर्मित बुद्ध मुर्ति बिर्ता देउरालीको प्रवेश द्धार भएकाले गाउँपालिकाले नै यसलाई संरक्षण गर्ने बताए ।  साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजका अध्यक्ष रामसिं घिसिङ तामाङले मुर्ति बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए ।

 

कार्यक्रममा पूर्व सभासद एवं श्रमराज्य मन्त्री सुर्यमान दोङ, रेणुका चौलागाई, कमला दोङ, नेकपा काभ्रेका नेताहरु इन्द्र तामाङ, लेखराज गौतम, बाबुकृष्ण पन्त, चौरीदेउराली वडा नं ८ का अध्यक्ष धन लामा लगायतले पर्यटन विकासबारेमा मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७६, २१ मंसिर शनिबार  ६ : ५४ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा