२०८३, ३० भाद्र बुधबार

काभ्रेको बिर्ता देउरालीमा २१ फिट अग्लो बुद्धको मुर्ति (भिडियो फिचर)

काभ्रेको बिर्ता देउरालीमा २१ फिट अग्लो बुद्धको मुर्ति (भिडियो फिचर)


धुलिखेल, २१ मंसिर: काभ्रेको चौरी देउराली गाउँपालिका वडा नम्बर ८ बिर्तादेउरालीको भुमेस्थान डाँडामा बुद्धको मुर्ति स्थापना गरिएको छ । साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको २१ फिट अग्लो बुद्ध मुर्तिको शनिबार प्रदेश नम्बर ३ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गरे ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पनि स्थानीय कला संस्कृतिले ठूलो सहयोग गर्ने मन्त्री नेपालको भनाई छ । ‘प्रदेश सरकार भ्रमण वर्षमा सबैभन्दा बढी पर्यटन प्रदेश नम्बर ३ मा भित्र्याउने योजनाका साथ अघि बढिरहेको छ, मन्त्री नेपालले भने ‘यसमा तपाईहरुले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउनोस, हातेमालो गर्न प्रदेश सरकार तयार छ ।’

मुर्ति भिडियोमा हेर्नोस

सांसद नबीना लामाले तामाङ संस्कार, संस्कृती देशको पहिचान भएकाले यसलाई जोगाउन आग्रह गरिन । ‘तामाङ समुदायको सँस्कृति देखाउने यो सुर्वण मौका पनि हो, उनले भनिन ‘सम्भावना हामी भित्रैबाट खोज्ने हो, पर्यटन भ्रमण वर्षमा हाम्रा लुकेर बसेका सस्कार, सँस्कृतिको उजागर हुनेछ ।’

प्रदेश सासंद रत्न ढकालले कोशीपारी क्षेत्रलाई पर्यटन बिकास गर्ने र त्यसबाट आर्थिक सम्वृद्धि तर्फ आगाडी बढाउने बताए । ‘पर्यटन हाम्रो विकासको मूख्य आधार हो, ढकालले भने ‘कोशीपारीमा थुप्रै सम्भावना छन्, तर यसलाई समयानुकुल बनाउन नसक्दा पछि परिरहेको छ ।’

गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले नव निर्मित बुद्ध मुर्ति बिर्ता देउरालीको प्रवेश द्धार भएकाले गाउँपालिकाले नै यसलाई संरक्षण गर्ने बताए ।  साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजका अध्यक्ष रामसिं घिसिङ तामाङले मुर्ति बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए ।

 

कार्यक्रममा पूर्व सभासद एवं श्रमराज्य मन्त्री सुर्यमान दोङ, रेणुका चौलागाई, कमला दोङ, नेकपा काभ्रेका नेताहरु इन्द्र तामाङ, लेखराज गौतम, बाबुकृष्ण पन्त, चौरीदेउराली वडा नं ८ का अध्यक्ष धन लामा लगायतले पर्यटन विकासबारेमा मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७६, २१ मंसिर शनिबार  ६ : ५४ बजे

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो