२०८२, १७ श्रावण शनिबार

काभ्रेको बिर्ता देउरालीमा २१ फिट अग्लो बुद्धको मुर्ति (भिडियो फिचर)

काभ्रेको बिर्ता देउरालीमा २१ फिट अग्लो बुद्धको मुर्ति (भिडियो फिचर)


धुलिखेल, २१ मंसिर: काभ्रेको चौरी देउराली गाउँपालिका वडा नम्बर ८ बिर्तादेउरालीको भुमेस्थान डाँडामा बुद्धको मुर्ति स्थापना गरिएको छ । साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको २१ फिट अग्लो बुद्ध मुर्तिको शनिबार प्रदेश नम्बर ३ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गरे ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पनि स्थानीय कला संस्कृतिले ठूलो सहयोग गर्ने मन्त्री नेपालको भनाई छ । ‘प्रदेश सरकार भ्रमण वर्षमा सबैभन्दा बढी पर्यटन प्रदेश नम्बर ३ मा भित्र्याउने योजनाका साथ अघि बढिरहेको छ, मन्त्री नेपालले भने ‘यसमा तपाईहरुले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउनोस, हातेमालो गर्न प्रदेश सरकार तयार छ ।’

मुर्ति भिडियोमा हेर्नोस

सांसद नबीना लामाले तामाङ संस्कार, संस्कृती देशको पहिचान भएकाले यसलाई जोगाउन आग्रह गरिन । ‘तामाङ समुदायको सँस्कृति देखाउने यो सुर्वण मौका पनि हो, उनले भनिन ‘सम्भावना हामी भित्रैबाट खोज्ने हो, पर्यटन भ्रमण वर्षमा हाम्रा लुकेर बसेका सस्कार, सँस्कृतिको उजागर हुनेछ ।’

प्रदेश सासंद रत्न ढकालले कोशीपारी क्षेत्रलाई पर्यटन बिकास गर्ने र त्यसबाट आर्थिक सम्वृद्धि तर्फ आगाडी बढाउने बताए । ‘पर्यटन हाम्रो विकासको मूख्य आधार हो, ढकालले भने ‘कोशीपारीमा थुप्रै सम्भावना छन्, तर यसलाई समयानुकुल बनाउन नसक्दा पछि परिरहेको छ ।’

गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले नव निर्मित बुद्ध मुर्ति बिर्ता देउरालीको प्रवेश द्धार भएकाले गाउँपालिकाले नै यसलाई संरक्षण गर्ने बताए ।  साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजका अध्यक्ष रामसिं घिसिङ तामाङले मुर्ति बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए ।

 

कार्यक्रममा पूर्व सभासद एवं श्रमराज्य मन्त्री सुर्यमान दोङ, रेणुका चौलागाई, कमला दोङ, नेकपा काभ्रेका नेताहरु इन्द्र तामाङ, लेखराज गौतम, बाबुकृष्ण पन्त, चौरीदेउराली वडा नं ८ का अध्यक्ष धन लामा लगायतले पर्यटन विकासबारेमा मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७६, २१ मंसिर शनिबार  ६ : ५४ बजे

एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालद्वारा पुन : पार्टीमै फर्कने घोषणा

काठमाडौँ । नेकपा (एमाले) रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पुनः

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार पनि

चुरे संरक्षणका अभियन्ता सुनिलकुमार यादवलाई ‘प्रकाश मानव अधिकार’ पुरस्कार

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव

एनआरएनए र सीएनआईबीच प्रवासी लगानी प्रवद्र्धनबारे उच्चस्तरीय छलफल

काठमाडौं ।  नेपालमा प्रवासी नेपालीहरूको लगानी आकर्षित गर्ने र नेपालको

रुसी अधिकारीको ‘उत्तेजक’ टिप्पणीपछि ट्रम्पले आणविक पनडुब्बीहरूलाई पुनः तैनाथ गर्न दिए आदेश

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रूसी संघीय सुरक्षा