२०८३, २१ आश्विन बिहीबार

तेमालको वडा नम्बर १ मा एकैदिन २४ वटा योजना सम्झौता

तेमालको वडा नम्बर १ मा एकैदिन २४ वटा योजना सम्झौता


धुलिखेल, १६ मंसिर : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले एकै दिन २४ वटा भौतिक निर्माण तर्फका योजना सम्झौता गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षका लागि वडा कार्यालयले भौतिक निर्माण तर्फका योजनाहरु सम्झौता गरेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिए । सम्झौता भएका योजनाहरुमा सडकदेखि वडा कार्यालयको भवन निर्माणसम्मका छन् । १० वटा सडक, २ वटा खानेपानी, ४ वटा मन्दिर लगायतका योजना सम्झौता भएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि वडाले २८ वटा योजना छनौट गरी बजेट विनियोजन गरेको थियो । सम्झौता भएको योजनाहरुमा १ लाख देखि ४० लाखसम्मका छन् । सम्झौता भएका योजनाको अवधि २०७६ चैत मसान्तसम्म तोकिएको छ । योजना सम्झौताका लागि सहजीकरण गर्न पालिकाका उपप्रमूख दुर्गामाया तामाङ, प्रमूख प्रशासकीय अधिकृत लक्षमण कुईकेल र योजना शाखाका राजकुमार तामाङ वडा कार्यालय पुगेका थिए ।

अघिल्लो वर्ष वडा स्तरका योजना पनि सम्झौताका लागि पालिकाको कार्यालय धाउनु पथ्र्यौ । तर यो पटक भने सम्बन्धित वडा कार्यालयमै पुगेर योजना सम्झौताका लागि सहजीकरण गरिएको उपप्रमूख तामाङले बताउनुभयो । ‘स्थानीयलाई पालिकासम्म जान नपरोस भनेर वडा कार्यालयमै हामी पुगेका हौ, उनले भनिन् ‘आफ्नै गाउँको योजना आफ्नै ठाउँमा सम्झौता गर्दा सजिलो पनि भयो, छिटो पनि ।’

वडा नम्बर १ मा भौतिक निर्माणका बाहेक अन्य योजना भने सम्झौता भएका छैनन । वडाध्यक्ष श्रेष्ठका अनुसार वडास्तरीय कृषि, पशु औषधी ब्यवस्थापन, महिला सीप विकास, दलित आयआर्जन र तामाङ साँस्कृतिक प्रवद्र्धन सम्बन्धी योजना सम्झौता नभएका हुन् ।

प्रकाशित मिति : २०७६, १६ मंसिर सोमबार  ७ : १५ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले