२०८२, २४ कार्तिक सोमबार

पनौती नगरवासीलाई खुशीको खबर, ‘पनौती’ विश्व सम्पदा सूचीमा सूचिकृत हुने

पनौती नगरवासीलाई खुशीको खबर, ‘पनौती’ विश्व सम्पदा सूचीमा सूचिकृत हुने


पनौती १० मंसीर :  काभ्रेको धार्मिक तथा पुरातात्विक नगरपालिका पनौती नगरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने कार्य अन्तीम चरणमा पुगेको छ । नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको अगुवाई पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लागिएको हो ।

पनौती नगर लगायत आसपासका वडाहरुमा रहेका पौराणिक महत्व बोकेका मठ–मन्दिरलगायत पुराना नेपाली मौलिक घरहरुलाई समेत विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हिजो मंगलबार युनेस्कोका नेपाल प्रमुख क्रिष्टीयन मनहर्टले पनौती नगरपालिकाको अवलोकन भ्रमण गरेका छन् ।

उक्त अवसरमा युनेस्को प्रमुख क्रिष्टीयन मनहर्टले छिटै पनौती नगरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने बताए । पनौती नगरभित्र रहेका ७२ वटा पुराना शैलीका मौलिक परम्परा बोकेका घरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आर्पी फाउण्डेशनले नगरपालिकाको सहयोगमा डिपिआर सम्पन्न गरेको छ ।

आर्पी फाउण्डेशनका अध्यक्ष रविन्द्र पुरीले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेलाई मंगलबार ७२ वटा घर पुननिर्माण गर्ने डिपिआर हस्तान्तरण गरेका छन् ।

नगरपालिका र आर्पी फाउण्डेशनको साझेदारीमा ७२ घरहरुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि नगरले अर्थिक वर्ष २०७६/७७ मा एक करोड रुपैया बजेट समेत विनियोजन गरेको नगरप्रमुख भीम न्यौपानेले बताएका छन् । बाह्रवर्षे मकरमेला हुनुभन्दा अगाडी पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत हुने नगरप्रमुख भीम न्यौपानेको दावी छ ।

अहिले पनौती गरपालिकामा पुरातत्व विभागले मठ–मन्दिर लगायत पुराना शैलीका घरहरुलाई पुनर्निर्माण गर्ने काम धमाधम गरिरहेको छ ।

प्रकाशित मिति : २०७६, १० मंसिर मंगलबार  ९ : ३५ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य