२०८२, १७ असार मंगलबार

मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते

मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते


सर्लाही, ५ मङ्सिर :वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ ।

मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि बुधबार राति ९ः३० बजेको समयमा मलङ्गवा अस्पतालबाट वीरगञ्ज सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई मौरीले शरीरका विभिन्न भागमा टोकेको स्थानीयवासी हरदास यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, ५ मंसिर बिहीबार  ८ : ३९ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर