२०८३, १५ भाद्र मंगलबार

मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते

मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते


सर्लाही, ५ मङ्सिर :वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ ।

मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि बुधबार राति ९ः३० बजेको समयमा मलङ्गवा अस्पतालबाट वीरगञ्ज सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई मौरीले शरीरका विभिन्न भागमा टोकेको स्थानीयवासी हरदास यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, ५ मंसिर बिहीबार  ८ : ३९ बजे

रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनस्र्थापनामा आइटीएफको चासो

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइटीएफ) ले रसुवा बाढीबाट

बाढीपीडितलाई एमालेले १ करोड २० लाख दिने घोषणा, ओलीको प्रश्न-राहत कोषमा पैसा देखाउने कि पीडितको हातमा पुर्‍याउने ?

काठमाडौं । नेकपा एमालेले भोटेकोशीसहित बाढी तथा विपद्बाट प्रभावित नागरिकको

राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले विपद् प्रभावित क्षेत्रमा

कांग्रेस संसदीय दलको निर्णय : बाढीपीडितका लागि सांसदको आधा महिनाको तलब राहत कोषमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित

मुख्यमन्त्री सडक र गाउँबस्तीमा, संघीय मन्त्रीहरू हेलिकप्टर र फेसबुकमा

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाको चुनौती