२०८२, ८ पुस मंगलबार

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु


बाँके, २३ कात्तिक :ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ । गएराति दुई बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जीव धम्लहवाको मृत्यु भएको हो ।

राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त २९०१ नं को ट्र्याक्टर र म २ प ७०३४ नं को मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याउँदै गर्दा दुवै जनाको मृत्यु भएको थियो । ट्र्याक्टरका चालक फरार छन् ।

प्रकाशित मिति : २०७६, २३ कार्तिक शनिबार  ६ : ३३ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ