२०८२, २९ पुस मंगलबार

काभ्रेको भकुण्डेमा रहेको विन्धवासिनी इट्टा उद्योगमा शिलबन्दी

काभ्रेको भकुण्डेमा रहेको विन्धवासिनी इट्टा उद्योगमा शिलबन्दी


काभ्रे, ३ कार्तिक । काभ्रेको नमोवुद्ध नगरपारपालिका वडा नं. ३ भकुण्डे बेशीमा रहेको विन्धवासिनी इट्टा उद्योगमामा आन्तरिक राजस्व कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले शिलबन्दी गरेको छ । गत शुक्रबार राजस्व कार्यालयले अनुगमन गर्ने क्रममा उद्योगले खराब कारोबार गरेको फेला पारेपछि छानवीनका लागि संकास्पद कागजातहरुको सुरक्षा गर्न शिलबन्दी गरिएको हो ।

भकुण्डेको बुच्चाकोटमा रहेको उक्त ईट्टा उद्योग लगातय अन्य सबै ७ वटा उद्योगलाई बन्द गर्न नमोवुद्ध नगरपालिकाले आधुनिक औजारको प्रयोग गरी केही समयअघि भत्काएको थियो । त्यसपछि अदालत गएका व्यवसायीहरुको पक्षमा हाल सर्वोच्च अदालतले फैसला दिएको छ । आन्तरिक राजस्व कार्यालय काभ्रेले उक्त ईट्टा उद्योगलाई पत्राचार गर्दै छानवीनका लागि पत्र प्राप्त भएको मितिले तीन दिनमा कार्यालयमा हाजिर हुन भनेको छ ।

कार्यालयले उद्योगसँग सम्बन्धित आवश्यक कागजातहरु आर्थिक वर्ष ०७६, ०७७ को खरिद, विक्री, मौजाद खाताहरु लगायत आवश्यक वीलहरु समेत लिएर आन्तरिक राजस्व कार्यालय धुलिखेल काभ्रेमा हाजिर हुन निर्देशिन गरेको छ । उक्त उद्योगलाई खरिद खाता, विक्री खता, मौजाद खता र वील सहित उपस्थित हुन जानकारी गराएका छौं, कार्यालयका एक प्रतिनिधिले भने, हामीलाई उद्योगले कर छली गरेको शंका छ ।

प्रकाशित मिति : २०७६, ३ कार्तिक आईतबार  ८ : १८ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका