२०८२, २७ भाद्र शुक्रबार

साढे ८ करोड जरिवानासहित खत्री जेल चलान

साढे ८ करोड जरिवानासहित खत्री जेल चलान


भक्तपुर, १ कात्तिक : अदालतले दोषी ठहर गरेपछि फरार रहेका सूर्यविनायक नगरपालिका–९ नलिन्चोकका प्रकाशराज खत्रीलाई आज नलिन्चोकबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरले नख्खु जेल चलान गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरी तीन वर्ष कैद र रु आठ करोड ५० लाख जरिवानाको फैसला सुनाएपछि फरार रहेका खत्रीलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको थियो । पक्राउ परेका खत्रीलाई आजै नख्खु जेल चलान गरेको जिल्ला अदालत भक्तपुरका सूचना अधिकृत एवं तहसिलदार सघन अधिकारीले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले जाहेरी दिएको मृुद्दामा २०७१ साल वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेपछि फरार रहेका खत्रीलाई प्रहरीले पाँच वर्ष छ महिनामा पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले खत्रीले जरिवानाबापतको रकम नबुझाएपछि अदालतले जरिवानाबापत १० वर्ष कैद सजाय थप गरी कूल १३ वर्ष कैद भुक्तान गर्नेगरी कारागार चलान गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, १ कार्तिक शुक्रबार  ७ : ५१ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा