२०८३, १ असार मंगलबार

दुई दशकदेखि थुनिएरै कोठामा

दुई दशकदेखि थुनिएरै कोठामा


लमजुङ, २९ असोज: यहाँस्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन् । सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन् ।

उहाँको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि हातपात र आक्रमण गर्ने भएकाले परिवारले घर नजिकै छुट्टै कोठा बनाएर राख्दै आएको छ । राजुलाई झण्डै १४ वर्षको उमेरबाट कोठामा राख्दै आएको परिवारले जनाएको छ । उहाँको स्वभाव निकै आक्रमक भएकाले बाहिर छाडेपछि जो कसैलाई आक्रमण गरिहाल्ने समस्याले परिवारजन थप मर्कामा परेका छन् ।

“उसले आमाबाबु कोही भन्दैन जसलाई पनि जे भेट्छ त्यसले हान्छ”, राजुकी आमा लुरीमायाले भन्नुभयोे, “केहीदिन अघि मात्रै बिहान खाना पु¥याउन गएको मलाई टाउकोमा चिर्पटले हान्यो, बाबाले रोक्न खोज्दा उहाँलाई पनि नाकमै बजायो, हामी रगताम्य हुँदै भागेर बाँच्यौँ ।” राजुले चिर्पटले हानेर घाउ लागेपछि टाउकोमा १० ओटा टाँका लगाउनु परेकोसमेत लुरीमायाले बताउनुभयो । “खाना दिने बेलामा कहिले त भाग्ने गर्छ र केही दिनसम्म त घरमै आउँदैन । छोरालाई कसैले पिटेर हो कि कतै लडेर हो शरीरभरि घाउ बनाएर घर फर्किन्छ”, बुबा पूर्णबहादुर विक (कामी)ले भन्नुभयो ।

यति मात्रै होइन कोठाबाट भागेर छोराले छिमेकीलाई समेत कुट्ने गरेको बताउँदै कति चोटि गाउँलेलाई जरिवानासमेत तिर्दैै आएको उहाँको भनाइ छ । छोरालाई कोठाबाट बाहिर निस्किन नदे भन्दै स्थानीयले भन्ने गरेको र छोराले विध्वंश पार्ने डरले कोठामै राख्नुपरेको आमा लुरीमायाले बताउनुभयो ।

राजुको मानसिक सन्तुलन मात्रै गुमेको छैन, छारे रोगसमेत रहेको परिवारले जनाएको छ । छोराको उपचारका लागि वडा कार्यालयदेखि जिल्ला समन्वय समिति लगायतमा कुरा राखे पनि समस्याको समाधन केही हुन नसकेको बुबा विकको भनाइ छ । गाउँकै महेन्द्र मन्दिर माविमा ४ कक्षामा पढ्दै गर्दादेखि उसको मानसिक सन्तुलन बिग्रँदै गएको आमाको भनाइ छ । स्कुलमा साथीहरुलाई कुट्ने, पिट्ने र जथाभावी गर्ने जस्ता गतिविधि गर्न थालेपछि विद्यालय छुटाएर घरमै कोठामा राख्ने गरिएको आमाले बताउनुभयो । उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खाना लाउनै धौधौ छ । राजुको उपचारका लागि परिवारले पर्याप्त खर्च गर्न नसक्दा उहाँ लामो समयदेखि कष्टकर जीवन विताउन बाध्य हुनुहुन्छ ।

“पैसा भएको भए राम्रो अस्पतालमा लगेर स्वास्थ्य जाँच गर्न पाए ठिक हुने थियो होला, कसैले सहयोग गर्दिए म धेरै भाग्यमानी र खुसी हुने थिएँ”, आमा लुरीमायाले भन्नुभयो, “उपचार गर्न नसके पनि कतै छोरालाई खाना र बस्ने ठाउँको व्यवस्था भए त्यहीँ पठाउनुहुन्थ्यो, छोरालाई पनि राम्रो अनि हामी आमा बाबुलाई पनि ढुक्क हुन्थ्यो ।” लुरीमायाको चार छोरा र दुई छोरी छन् । मानसिक सन्तुलन ठिक नभएको राजु माइलो छोरो हुन् ।

राजु बाहेक सबैजनाले विवाह गरेर कोही कतै कोही कतै पुगेका छन् । घरमा आमा लुरीमाया, बाबा पूर्णबहादुर र राजु मात्रै छन् । बुढाबुढीले कामकाज गर्दै परिवार चलाउँदै आएको बुबा पूर्णबहादुरले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २९ आश्विन बुधबार  ७ : ०१ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई