२०८२, १७ श्रावण शनिबार

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

धारिलो हतियार प्रहार गरी महिलाको हत्या


रुपन्देही, २७ असोज: बुटवल उपमहानगरपालिका– ३ ज्योति नगरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । असोज १७ गते नै ६६ वर्षीया टिकीसरा गुरुङको हत्या भए पनि इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । घरबाट बाख्रा चराउन गएकी गुरुङ साँझसम्म घर नफर्किएपछि खोज तलास गर्ने क्रममा लक्ष्मीनगर सामुदायिक जङ्गलमा उनको शव भेटिएको थियो ।

प्रहरीले हत्याको आरोपमा हेटौँडा उपमहानगरपालिका– ६ घर भई हाल बुटवल ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामालाई पक्राउ गरेको छ । उनले टाउकामा हँसिया प्रहार गरी मुखमा कपडा कोचेर गुरुङको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

लामालाई असोज २५ गते नुवाकोटको बेलकोटगढीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । लामाको साथबाट टिकीसराको हत्यामा प्रयोग भएको हँसिया, कानमा लगाउने सुनका रिङ बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । लामालाई हिरासतमा राखेर कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७६, २७ आश्विन सोमबार  ७ : ५० बजे

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा विशेष सम्मान

हेटौंडा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी)

रुसी राष्ट्रपति पुटिनद्वारा ओरेस्निक हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले विकास गरेको नवीनतम

वाम आन्दोलनका अगुवा नेता तुल्सीलाल अमात्यको योगदान अतुलनीय : प्रधानमन्त्री ओली

काठमाडौं । नेपालको वामपन्थी आन्दोलनका नेता तुल्सीलाल अमात्यको योगदान नेपाली

एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालद्वारा पुन : पार्टीमै फर्कने घोषणा

काठमाडौँ । नेकपा (एमाले) रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पुनः