२०८२, २१ जेष्ठ मंगलबार

यसरी स्वागत गरियो चिनियाँ राष्ट्रपतिलाई {फोटो फिचर }

यसरी स्वागत गरियो चिनियाँ राष्ट्रपतिलाई {फोटो फिचर }


काठमाडौँ, २५ असोज :दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको स्वागत गर्नुभएको थियो ।

अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए । उनीहरुले करीब दुई घण्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए । सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरेका थिए ।

उहाँलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचले समेत स्वागत गरिएको थियो । तीनकुने, नयाँ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उहाँको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे । राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ राखिएका फूलसमेत राखिएको थियो । उहाँ त्रिभुवन विमानस्थलमा ओर्लिएसँगै सवारी मार्गलाई खाली गरिएको थियो ।

चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । स्वागतका लागि जम्मा भएका कर्मचारी र सर्वसाधारण राष्ट्रपति सी आउनुअघि दुवै देशको झण्डासहितको तस्वीर खिंच्न व्यस्त थिए ।

उहाँ आउनुअघि सडकको धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएको थियो । राष्ट्रपति सीको स्वागतपछि सर्वसाधारणले बेहुलीझँै सिंँगारिएको माइतीघरमण्डलमा सेल्फी खिंच्न व्यस्त देखिन्थे । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी आजदेखि दुईदिने राजकीय भ्रमणमा यहाँ आउनुभएको हो ।

प्रकाशित मिति : २०७६, २५ आश्विन शनिबार  ७ : ४१ बजे

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि