२०८२, २४ कार्तिक सोमबार

सिन्धुपाल्चोकमा बस दुर्घटना: ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना: ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते


काठमाडौं, २४ असोज: सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जना यात्रुको ज्यान गएको छ । ४० भन्दा बढी घाइते भएका छन् । सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो । दुर्घटनामा ४ पुरुष र १ महिलाको ज्यान गए पनि उनीहरूको सनाखत हुन नसकेको सिन्धुपाल्चोकमा कार्यरत नेपाल प्रहरीका डीएसपी माधव काफ्लेले  जानकारी दिए ।

दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी यात्रु घाइते भएका छन् । डीएसपी काफ्लेले दुर्घटनाका घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको बताए । ‘बसमा सवार ५० यात्रुमध्ये अधिकांश घाइते छन्,’ काफ्लेले भने, ‘घाइते सबैलाई प्रहरी, स्थानीयलगायतको सहयोगमा उद्धार गरी विभिन्न अस्पतालमा लैजाने काम भइरहेको छ ।’

दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । डीएसपी काफ्लेका अनुसार बस दुर्घटनाको कारण खुलेको छैन । उनले यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २४ आश्विन शुक्रबार  १२ : ०७ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य