२०८३, २१ आश्विन बिहीबार

तेमालका सबै सडक खुले, सरर घर पुग्न सकिन्छ : प्रवक्ता ज्ञानबहादुर

तेमालका सबै सडक खुले, सरर घर पुग्न सकिन्छ : प्रवक्ता ज्ञानबहादुर


तेमाल १६ असोज : अविरल वर्षाले सडकमा क्षति पुगेपछि अवरुद्ध भएका काभ्रेका ग्रामीण सडकहरुमा धमाधम यातायात सञ्चालन गरिएको छ ।

जिल्लाको कोशीपारि, तेमाल, रोशी र डाँडापारि लगायतका क्षेत्रहरुमा भत्किएको सडकको ममर्त गरी यातायात सुचारु गरिएको हो । तेमाल गाउँपालिकामा केही समयदेखि अवरुद्ध भएका सडकहरुको मर्मत गरी यातायात सेवा सुचारु भएको गाउँपालिकाले श्रोतले बताएको छ ।

वर्षातले क्षतीग्रस्त भएको बोहोरेदेभान–आधाबाट–लामागाउँ– डाँडागाउँ–माउरे भञ्ज्याङ, बोहोरेदोभान–पचुवारघाट–ठूलोपर्सेल–नारायणस्थान, काल्धार, मेटुवाल, कुरुवास, चापाखोरी, धुल्खु लगायतको क्षेत्रमा जाने सडकलाई विभिन्न वडापालिकाहरुको पहलमा मर्मत गरी पुनः संचालनमा ल्याइएको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर लामाले बताएका छन् ।

लामाकाअनुसार तेमाललाई वीपी राजमार्गसँग जोड्न अस्थायी पुलसमेत निर्माण गरी यातायात सेवा दिइएको छ । भारी वर्षातसँगै उर्लिएको रोशीले काल्दार-मंगलटार आसपास रहेको अस्थायी पुलमा क्षति पु¥याएको थियो ।

“पुललाई रोशीले भत्काएपछि स्थानीयले लामोदुरीको घुमाउरो बाटो पार गर्नुपर्ने बाध्यता आइपरेको थियो । अस्थायी पुल निर्माण भएपछि स्थानीयले पार गर्नुपर्ने लामो दुरीबाट मुक्ति पाएका छन् ।

विजया दशमीको अवसरमा स्थानीयको आवतजावत बाक्लो हुने र यातायात सुविधामा समेत सहज हुने भएकाले वडापालिकाले पुल निर्माणलाई प्राथमिकतामा राखेर काम भएको लामा बताउँछन् । चाडको मुखमा सबैको सुविधाका लागि छोटो समयमा नै पुल निर्माण गरिएकाले स्थानीय खुसी देखिएका छन् । हाम्रा उद्देश्य खुसीका साथ चाड मनाउनुपर्ने बेलमा स्थानीयबासीले सास्ती खेप्नु नपरोस भन्ने थियो ।

त्यसैले पनि सडक र पुललाई पहिलो प्राथमिकता दिएर निर्माणमा जुट्यौं, प्रवक्ता लामाले खबरघरसँग भने । उहाँकाअनुसार वडा नं १ देखि ९ सम्मका सबै सडक मर्मत कार्य सम्पन्न भएको छ ।

दर्शैमा कसैले पनि सास्ती खोप्नु पर्दैन । सबै बाटो खुलाइएको छ । यो महत्पूर्ण चाडमा सजिलै गाउँघरमा पुग्न सकिने प्रवक्ता लामाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६, १६ आश्विन बिहीबार  ११ : ४९ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले